जेनेभा ओपन जितेर जोकोभिचले बनाए नयाँ इतिहास,सयौं एकल उपाधि

विविध समाचार

काठमाडौं । टेनिस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् ।

जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५-७, ७-६ (२), ७-६ (२) ले पराजित गर्दै आफ्नो करियरको सयौं एकल उपाधि जितेका छन् । सर्बियाली स्टार जोकोभिच अब सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडी जिमी कोनर्सले १०९ र रोजर फेडेरर १०३ एकल उपाधि जितेका छन् ।

जोकोभिचले हालसम्म २४ ग्राण्ड सलाम जितेर शिर्ष स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *