काठमाडौ । पार्टीलाई जनताको घरदैलोमा पु¥याएर बलियो बनाउने घोषणा गरेका कांग्रेसी युवाहरुलाई डा. शेखर कोइराला ‘काउसो’ भएका छन् । डा. शेखर कोइराला परिवारका तीनजना अनुहार तीनतिर फर्केएका छन् । तर, मजबुद भने गगन थापा समूह छ । पार्टीलाई पुरानै लयमा ल्याउने घोषणा गरेर एकपटक सभापति बन्ने ध्याउन्नामा लागे तापनि डा. शेखर कोइरालाको सपना आफ्नै वंशबाट छेकिएको छ । डा. शशांक कोइराला र पुराना वंशवादी प्रकाशमान सिंह, विमलेन्द्र निधिहरु पार्टी विभाजनका नायक भएका छन् । कृष्णप्रसाद सिटौलाले पद नपाएको रिशले गगनको विरोध गरेका हुन् । तर, उनी आफ्नो जिल्लामा टेक्न सक्दैनन् ।
युवा समूहको बाहुल्यता रहेको गगन र विश्वप्रकाश समूहमा वरिष्ठ नेता अर्जुनरसिंह केसीदेखि जागरुक नेताहरु चन्द्र भण्डारी, किशोरसिंह राठोरसम्मको टोलीलाई अदालतमा मुद्दा दर्ता गरेको भए पनि आफ्नो टीमलाई संस्थापनसँग जोडेका पूर्णबहादुर खड्काको टीमले देउवा समूह छोडेको छ । यो समूहका श्याम घिमिरे, नैनसिंह महर, सीता गुरुङ, गोविन्द भट्टराईदेखि रामहरि खतिवडासमेत ५० जना संस्थापनपक्षमा लागेका छन् ।
कांग्रेस टुक्रिँदा त्यो टीमा दीपक खड्का, मोहनबहादुर बस्नेत, कान्छाराम तामाङ, डा. प्रकश शरण महत, एनपी सावदजस्ता नेताको पछि लाग्ने कस्ता होलान् ? जब कि अदालत र निर्वाचन आयोगले समेत गगन थापालाई वैधानिक मान्यता दिएको छ । तर, उनीहरु हामी वैधानिक भन्न छोडेका छैनन् । कांग्रेसी वंशवाद यही हो अदालत, निर्वाचन आयोग, संसदीय दल र संसदजस्ता वैधानिक आधार पनि तीनले लत्याएका छन् । गगनपक्षले घोषणा गरेको १५ औं महाधिवेशनमा ८ हजार प्रतिनिधिले भाग लिँदा देउवा समूहका पक्षमा ११ जिल्ला १७ प्रदेश समितिका सभापतिले कस्ता प्रतिनिधि बटुल्ने होलान् ।
क्रियाशील सदस्य भनेको पार्टीको अगुवा कार्यकर्ता हुन् । यहाँ विद्यार्थी, तरुण दल, महिला संघ, किसान संघजस्ता जनतासँग भिजेका र चिनिएका टीम सहभागि छन् । यो अवस्थामा देशभरका कार्यकर्ता असोज १६ बाट १९ गतेसम्मको महाधिवेशनमा सहभागी हुँदै गर्दा शेरबहादुरका नाउमा बद्नाम पात्रको च्याखेको अर्थ छैन ।

