महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनलबीच सम्झौता

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।आश्विन ९, २०८३ ९२५ सेप्टेम्बर २०२६० मा भएको सम्झौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोटरी क्लबहरूमार्फत सञ्चालन गरिने विभिन्न शैक्षिक तथा पूर्वाधार विकाससम्बन्धी परियोजनाका लागि वित्तीय सहयोग उपलब्ध गराउनेछ।

सहकार्यअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी परियोजना सञ्चालन, कम्प्युटर ल्याब स्थापना लगायत आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ।महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

बैंकका अनुसार रोटरीसँगको यस सहकार्यले विशेषगरी सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता तथा डिजिटल पहुँचमा सुधार ल्याउन योगदान पु¥याउने विश्वास गरिएको छ।समाजप्रतिको दायित्व निर्वाह गर्ने क्रममा बैंकले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा समेत आर्थिक सहयोग गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *