काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन न्यूयोर्क पुगेका थिए । शाहको भ्रमण विगतका प्रधानमन्त्रीको तुलनामा फिका देखिएको छ । फिका देखिए तापनि विश्वका ठूला सञ्चार माध्यमहरुले प्राथमिकताका साथ समचार सम्प्रेषण गरेर विश्वसामु नेपालको चर्चा गराएका छन् । प्रधानमन्त्री शाहले महासभालाई सम्वोधन गर्नेक्रममा नेपाललाई जलवायु परिवर्तनले पु¥याएको क्षतिलाई अन्य देशले बेहोर्नु नपरोस्, भनेका थिए ।
उनले हिमपहिरो विपद्ले नेपाललाई पु¥याएको क्षतिले भविष्यको लागि विश्वकै ठूलो जलवायु चेतावनी भएको उद्घोष गरेका थिए । यसले अन्य देशलाई असार नपरोस् भन्दै पशुपतिनाथले विश्वको कल्याण गरुन र विश्व गौतम बुद्धको मार्गमा हिँडोस् भन्ने सम्वोधन गरेपछि विश्वका ध्यान केन्द्रित गराएका थिए । त्यसले गर्दा विश्वका ठूला मिडियाहरुले पनि प्रधानमन्त्रीको भनाइलाई महत्वका साथ इस्थान दिएका थिए । त्यसपछि नेपाली मिडियाहरु संयुक्त राष्ट्रसंघको मञ्चमा नेपालको प्रतिष्ठा उच्च बनाएको बखान गरेका थिए । बखान गरिए तापनि विगका प्रधानमन्त्रीहरुले पाएको जस्तो सम्मान शाहले पाएको देखिएन । शाहले महासभाको सम्वोधन गर्ने बेला अन्य देशका अधिकांश राष्ट्र प्रमुखहरु हलबाट बाहिरिसकेको दृश्य देखिन्थ्यो ।
अन्य देशका राष्ट्र प्रमुखहरु बाहिरिएर हल सुनसान अवस्था भए तापनि शाहले महासभालाई सम्वोधन गर्दा अमेरिकामा बसोवास गर्ने नेपालीहरुले हुटिङ गरेका थिए । अन्य देशका राष्ट्र प्रमुखहरु बोल्दा ताली बजेको देखिँदैन थियो । ताली नबजाइए तापनि सबै राष्ट्र प्रमुख सहभागी थिए । तर, नेपालका प्रधानमन्त्री शाह बोल्ने बेला हल खाली जस्तै देखिन्थ्यो त्यसमा नेपालीहरुले ताली बजाएका थिए । त्यो सभाको प्रोटोकलअनुसार त्यहाँ ताली बजाएर हुटिङ गर्नु हुँदैन थियो । तर, नेपालीहरुले त्यो गरेरै छाडे । त्यसले गर्दा नेपालको औकात छर्लङ्ग भएको छ ।
प्रधानमन्त्री शाह अन्तर्राष्ट्रिय महासभाको कार्यक्रममा सहभागी हुँदा नेपाली राष्ट्रिय पोशाक दौरा, सुराल र ढाकाटोपी पनि लगाएका थिएनन् । त्यसले गर्दा नेपालको राष्ट्रिय पहिचान पोशाकको धज्जी उडाउने काम प्रधानमन्त्री शाहबाट भएको छ । चीनका राष्ट्रपति सीजिन पिङलाई अमेरिकाले रातो कार्पेट बिछ्याएर स्वागत गरेको थियो भने नेपालका प्रधानमन्त्री शाहलाई त्यो गरेको देखिएन । संयुक्त राष्ट्रसंघमा सम्बोधन गरेको समाचार विश्वका सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित प्रशारित गरेका थिए भने भाग लिन आउने विभिन्न देश राष्ट्र प्रमुखहरुले खासै चासो दिएको देखिएन ।
त्यसैगरी नेपालका दुई छिमेकी राष्ट्र चीन र भारतले नेपालका प्रधानमन्त्रीलाई चासो दिएनन् । त्यसले गर्दा प्रधानमन्त्री शाह कुटनीतिक नियोगहरुसँग टाढिएको भान हुन्छ । नेपालका तत्कलीन राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा नेपालको इतिहाससँगै मानव अधिकारी, मौलिक हक, सैवैधानिक ग्यारेन्टीलगायतक विषय उठाउने गरेका थिए । तर, प्रधानमन्त्री शाहले त्यो विषयलाई उठाउन गरेनन् । सिधैं जलवायु परिवर्तनको कुरा उठाएर गौतम बुद्धको पथमा विश्वलाई उभिन आग्रह गरेर चर्चा कमाएका छन् ।


