नेपालमा बेरोजगारी र अभावका कारण युवायुवतीहरु पढाइभन्दा सामाजिक सञ्जालमा रमाउने र कुलतमा फस्नेको संख्या संख्या दिनप्रतिदिन बढ्दै गएको छ । एकातिर बेरोजगारीले कुलतमा फस्ने गरेका छन् भने अर्कोतिर गलत संगतले गर्दा युवा पुस्ता प्रभावित भएको छ । त्योसँगै यौनहिंसा, लागुपद्धार्थ ओसारपसार, सेवन, मानव बेचविखनलगायत घरेलु हिंसामा फस्ने गरेका छन् । युवापुस्तासँगै बालबालिकाहरु पनि साथीसंगतका कारण दूर्बेसनमा फस्न पुगेका छन् । धेरैजसो सामाजिक सञ्जालको अत्याधिक प्रयोग, नकारात्मक सोच, गलत संगतदेखि गरिवीका कारण युवायुवतीहरु कुलतमा फस्दै आएका छन् । त्यसको निराकणको लागि सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । दिनप्रतिदिन लागुऔषध सेवन गर्नेहरुको संख्या बढिरहेको छ भने यौनहिंसामा पर्नेहरुको संख्या पनि त्यत्तिकै बढ्दै गएको छ । यस्ता विषयमा युवायुवतीहरु फसिइरहँदा न मानव अधिधकारले चासो देखाएको छ न त राज्यका सम्बन्धित निकायले त्यसको खबदारी गरेको छ ।
विगत लामो समयदेखि यस्ता कुलतमा फस्नेहरुलाई सरकारले निगरानी गरी त्यसको रोकथामको लागि कुनै पहल गरेको पाइँदैन । तत्कालीन सरकारहरुले त ध्यान दिएका थिएनन् भने दुई तिहाई हाराहारी बहुमतको रास्वपा सरकारले पनि ध्यान दिएको छैन । यस्ता विषयमा पुराना दलहरुस्ले त ध्यान दिएनन् नै रास्वपाको चुनावी ‘वाचा–पत्र’मा अभिव्यक्त गरेको विषयमा पनि ध्यान दिन सकेको छैन । उल्टै वाचापत्रलाई बिर्सेर अनेक फन्डा ल्याएर राजनीतिक दल, कर्मचारी, पत्रकार, व्यापारी, न्यायालय, उद्योगी र मजदूरहरुको समस्या समाधान गर्नुको साटो रोजीरोटीबाट विमुख बनाउने काम दुई तिहाई हाराहारी बहुमतको सरकारले गर्दै आएको छ । त्यसले नेपालमा रोजगारी, शिक्षालगायत दैनिकीसँग जोडिएका मुद्दाहरु ओझेलमा पर्दै गएका छन् । सरकार बनेको ६ महिना पार गर्दा पनि नेपाली जनताले यो सरकारले गरेको राम्रो कामको अनुभूति गर्न पाएका छैनन् । दुई तिहाई हाराहारी बहुमतको सरकारले सबैभन्दा पहिला शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनुपर्ने थियो । त्योसँगै युवायुवतीको लागि नेपालमै रोजगारी उपलब्ध गराउन नयाँ खाका ल्याएर उद्योग सञ्चालनको लागि प्राथमिकतामा राख्न सक्नुपथ्र्यो । तर, अहिलेसम्म यस्ता विषय सरकारको नजरमा पर्न सकेको छैन । त्यसले गर्दा पुराना दलहरुको सरकार र रास्वपा सरकारको कुनै भिन्नता देखिँदैन ।
दुई तिहाई हाराहारी बहुमतको सरकारले न त विदेशीहरुसँग राम्रो सम्बन्ध राख्न सकेको छ न त अर्थतन्त्र चलायमान बनाउन सकेको छ, न नयाँ उद्योगधन्दा सञ्चालनको लागि खाका नै तयार गरेको छ । दुई तिहाई हाराहारी बहुमतको सरकारले यी विषयमा त ध्यान दिन सकेन नै । विगत लामो समयदेखि तड्पिँदै आएका किसानहरुलाई न त समयमा बीऊ मल दिन सक्यो, न त कृषिउत्पादनले बजार नै पाएको छ । उल्टै बजारमा ग्यास अभावका कारण उपभोक्ताहरु मार परिराखेका छन् । चाडपर्व नजिकिँदै गर्दा एकातिर बजार महंगीले सर्वसाधारणको ढाड सेकेको छ भने अर्कोतिर ग्यास अभावले बिहानबेलुका हातमुख जोड्न समस्या परिरहेको छ । उता, बाढीपहिरोको कारण उत्तरी चीनसँगको नाका बन्द हुँदा नेपालमा लत्ताकपडालगायत सम्पूर्ण सामानको अभाव भइरहेको छ । जनताको दैनिकीसँग जोडिएका यस्ता जल्दाबल्दा विषयमा सरकार र सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

