सरकारको आनाकानीले आन्दोलन थप चर्काउने शिक्षकहरूको चेतावनी

विविध शिक्षा/स्वास्थ समाचार

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकार आफूहरुको माग र मुद्दाप्रति गम्भीर नदेखिएको भन्दै आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

शिक्षा मन्त्रालय र महासंघबीचको आज बिहान बसेको बैठकले वार्तामा सरकारको तर्फबाट पैँसा खर्च हुने मागहरू पुरा गर्न समस्या हुने मनसाय व्यक्त भएकोले सरकार आफूहरुको माग र मुद्दाप्रति गम्भीर नदेखिएको भन्दै शिक्षकहरुले आन्दोलन थप चर्काउने चेतावनी दिएका हुन् ।

यसअघि नै महासंघको तर्फबाट ९ बुँदे मागहरू शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्बाट समाधान गर्नुपर्ने भन्दै पेस भरेको थियो । तर, सरकारको तर्फबाट भने शिक्षकका सबै माग सम्बोधन गर्न थप ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको छ । शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार सबै मागहरू सम्बोधन गर्नका लागि थप ६५ अर्ब रुपैयाँ लाग्ने बताएपनि शिक्षकहरुले चाहिँ तर्कलाई खण्डन गर्दै १३ अर्बको बजेट चाहिने उनिहरुको भनाई रहेको छ ।

शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका थिए । केही विषय टुङ्गो लगाउन बाँकी रहेको र वार्ता सकारात्मक रूपमा अगाडि बढेको उनको भनाइ छ ।

शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको बताए । महासंघसँग वार्ता सकारात्मक रूपमा अगाडी बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *