काठमाडौं । पार्टी बन्न नसकेको तर रास्वपाको पार्टी गुटैगटको झुण्ड बन्न पुगेको छ । रास्वपा पार्टीले चुनावका बेला कुलमानलाई छाडेर बालेन्द्र शाह जस्ता व्यक्तिलाई बोक्दाको परिणाम तत्कालका लागि फाइदाजनक भए तापनि दीर्घकालिन सम्बन्ध रहन्छ भन्ने भएन ।
पार्टीको वरिष्ठ नेताले संसदीय दलको बैठक राख्दैनन् । आफ्ना सांसदहरुका एजेण्डा र गुनासो सुन्दैन भने त्यस पार्टीका नेता तथा कार्यकर्ताको पक्ष लाग्लान् ? भन्ने प्रश्न जटिल बन्दै गएको छ । बालेन्द्र सरकारलाई चलाउने विदेशी शक्ति बलियो देखिन्छ । त्यही कारण परराष्ट्र सम्बन्ध बिग्रेको छ । कुटनीति क्षेत्र आफैं क्रम भंगको नियती भोग्दै छ ।
रास्वपाको बालेन्द्र पथ घमण्ड बन्दै छ । त्यसले आतंक सिर्जना हुने अवस्था बढेको छ । पहिलाको जस्तो आरोप लाग्यो आजको रास्वपाको सरकालाई त्यस्तो लान्छनाको चासो राख्दैन । सभापति रवि आँफै पनि सहकारी ठगीका नायिके हुन् । रविले महानगरमै हुँदा दलिय धरातलको खोजी गर्दा अन्तमा रास्वपा बनेका हुन् । विवादीत विषयमा आफैं अग्रसर हुने प्रवृत्तिले कतै न कतै संकट ल्याउँछ भन्ने हेक्क बालेन्द्र सरकारलाई भएन । बालेन्द्रलाई त्यही संकट नै संकट थपिएकै छ ।
सरकार प्रमुखसँग जनताका अपेक्षा धेरै हुन्छन् । काम हुन सकेका छैनन् । सर्वसाधारण जनताले नेताहरुलाई भेटघाट गर्नु ठूलो कुरो होइन । तर कतिलाई त्यही ठूलो भएको छ । रास्वपा नेतृत्वको सरकारले पूर्वाधार, गृह, संचार र पर्यटन जस्ता मन्त्रालय सम्हालेको छ । तर मन्त्रीहरुको काम गराई हेर्दा उदेख लाग्दो छ । त्यसले गर्दा पनि सर्वासधारण जनताले प्रश्न उठाउन थालेका छन् ।

