काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुनु अगाडि रास्वपाले चुनावी वाचापत्रमा नेपालीहरु विदेशमा भौतारिन पर्दैन । विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमै रोजगारी दिन्छौं, आफ्नो सार्वभौम सत्ता र राष्ट्रियताको रक्षा गर्छौं, नेपालीहरु विदेश जानु पर्दैन, भ्रष्टाचार नियन्त्रण गरिन्छ, भ्रष्टाचार गर्न दिने छैनौं, भ्रटाचार गर्नेलाई कारवाही गर्छौं, नेतामन्त्रीहरुलाई विदेश घुमघाम जानबाट वञ्चित गर्छौ, फजुल खर्च रोक्छौं जस्ता रास्वपाको वाचा पत्र सार्वजनिक गरेको थियो ।
नेपाली जनताले रास्वपाको वाचा पत्र अनुसार दुई तिहाई हाराहारी मत दिएर सरकार बनाउन पठाएका थिए । न भन्दै गत फागुन २१ गतेको प्रनिनिधि सभाको निर्वाचनमा रास्वपाले दुई तिहाई हाराहारी बहुमत ल्याएर सरकार पनि बनायो । सरकार बनाएको सात महिना पार गर्दा सो वाचा पत्र अलपत्र परेको छ । सरकार बनेको सात महिना नाघिसक्दा पनि माथि उल्लेख गरेका वाचा पत्र अनुसार कुनै काम भएको पाईंदैन । उल्टै १५३ जना सल्लाहकार राखेर राज्यमन्त्री बराबरको सेवासुविधा खाँएर राज्य दोहोन गरिराखेका छन् ।
त्यसैगरी प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघ अमेरिका भ्रमणमा जाँदा पनि फजुल खर्च भएको छ भने विदेश घुम्नेहरुको लर्को पनि त्यतिकै चलेको छ । रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमण गरेर फर्किएको तीन साता नबित्दै जलवायु न्याय क्षतिपूर्ति र विपद पछिको पुननिर्माण गर्नको लागि सहयोग माग्न टर्की पुगेका परराष्ट्रमन्त्री शिशिर खनालको जम्बो टोली गत शनिबार स्वदेश फर्किएको छ । शिशिर खनालको नेतृत्वमा गएको टोलीले कोप ३१ मा नेपालका प्रतिनिधि मण्डलहरुले नेतृत्व गरेका थिए । त्यो नेतृत्वले कुनै पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेनन् । सो भ्रमण टोलीमा झण्डै एक दर्जन मन्त्री र असी जना विभिन्न संघ संस्थाका प्रतिनिधि र सांसद गरी करिब सय जना हाराहारी सहभागी भएका थिए । त्यसले गर्दा राष्ट्रको ढुकुटी दोहोन भएको छ ।
त्यो सँगै अस्ति आइतबार रास्वपाका २० जना सांसद चीन भ्रमणमा गएका छन् तर चीन सरकारको खर्चमा भनिएको छ । के चिन सरकारले २० जना साम्सद लाई फ्रि गराएको हो त भन्ने प्रश्न त्यतिको उब्जिएको छ । भ्रमण गर्दा पनि राज्य दोहोन भएको छ भने गृहमन्त्री सुदन गुरुङ युएइ भ्रमणमा गएर मोजमस्ती गरेर फर्किएका छन् । त्यसले गर्दा रास्वपा बालेन नेतृत्वको सरकार हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ ।
अर्कोतर्फ प्रधानमन्त्री बालेन शाह यही मंसिर ६ देखि ७ गते दुइ दिने भारत भ्रमण गर्ने तयारी गर्दै छन् । सो भ्रमणमा प्रधानमन्त्री सचिवालयका कर्मचारी, मन्त्री, पत्रकार, व्यापारी लगायत झण्डै तीस देखि चालिस जनासम्मको जम्बो टोली भारत भ्रमणमा जाँदैछ । त्यसले गर्दा पनि राजस्वपाको घोषणा पत्र र बालेन सरकारको काम गराईले मेल खाएको छैन । उल्टै नेपाली जनता महंगी, ग्यासको अभाव र कालोबजारीको जालमा फसिरहेका छन् । बजारमा अखाद्य वस्तु मिसावट, यातायात भाडा बुद्धिले गर्दा आम नेपालीहरु रास्वपाको सरकारबाट आलोचित बन्दै गएका छन् ।
विदेश भ्रमणमा जाँदा साम्सद मन्त्रीले गरेको खर्चको विवरण पनि सार्वजनिक गरेको पाईंदैन । त्यसैगरी मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्दा पनि त्यसको आयस्रोत खुलाउन सकेका छैनन् । मन्त्रीहरुले आयस्रोत खुलाउन नसकेपछि सरकारमा बस्नेहरुको धज्जी उडेको छ । सरकारको धज्जी मात्रै उडेको छैन की राष्ट्र र राष्ट्रियता माथि नै धावा हुने हो की भन्ने संकेत पनि नेपाली जनताले गर्न थालेका छन् ।

