काठमाडौं । अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको छ ।
अमेरिकाको ‘फेडरल एभिएशन एडमिनिस्ट्रेसन’ले दुर्घटना स्थानीय समय अनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि भएको जानकारी दिएको हो ।
विमानस्थलको रनवे ३३ तिर जाँदै गरेको अवस्थामा विमान अमेरिकी सेनाको एच-६० हेलिकोप्टरसँग ठोक्किएको जनाइएको छ । घटना स्थलमा आपतकालीन उद्वार टोलीका साथै कयौँ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ ।
दुर्घटनामा संलग्न अमेरिकन एयरलाइन्सको विमानमा ६० यात्री र चार चालक दलका सदस्य सवार रहेको बताएइको छ । दुर्घटनाबाट भएको हताहतको विवरण भने आइसकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाबारे आफूलाई पूर्ण रूपमा जानकारी गराइएको बताएका छन् ।