नेपालमा विकासका लागि रेल सेवाको विकास हुनु अनिवार्य छ
पछिल्लो समय नेपालमा सर्वाधिक चर्चा र चासोको विषय बनेको छ रेल। सरकारले उत्तर र दक्षिणका दुवै छिमेकीसँग रेलमार्ग जोडिने बताउँदै आएको छ। देशभित्रै पूर्व–पश्चिम रेलमार्ग निर्माण जारी छ। जनकपुर–जयनगर रुटका लागि नेपालले दुईवटा आफ्नै रेल किनिसकेको छ भने भार...

