प्रेमिकाको कोठामा झुण्डिए प्रहरी जवान, रक्सीले मातेर पुगेका थिए

प्रमुख बिबिध वाग्मती प्रदेश समाचार

शनिबार साँझ १० बजेतिर रक्सीले मातेर प्रेमीकाको कोठामा गई एक प्रहरी जवानले झुन्डीएर आत्महत्या गरेका छन् । दार्चुला घर भई हाल महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान शंकर ठगुन्नाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

ठगुन्ना युवतीसँग ‘लिभिङ टुगेदर’ मा थिए । उनले नागाजुर्नन नगरपालिका–३ स्वयम्भूस्थित ठूलोभ¥याङ नजिकै प्रेमिकाको कोठामा आत्महत्या गरेका हुन् । स्वयम्भू वृत्तका प्रमुख डीएसपी लालध्वज सुवेदीले प्रहरी जवान शंकरले सलको पासो लगाएर झ्यालको रडमा झुण्डिएर आत्महत्या गरेको जानकारी दिए ।

विवाहित शंकरकी श्रीमती गाउँमै बस्दै आएकी थिइन् । घटनाबारे घरपरिवारमा समेत खबर गरिसकेको डीएसपी सुवेदीले बताए । बेला–बेला पनि अफिसबाट छुट्टी हुनेबित्तिकै शंकर प्रेमिकाको कोठामा बस्न जाने गर्थे ।

झुण्डिएको अवस्थामा फेला परेको शंकरको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *