संविधानमै अल्झिएको मुलुक

प्रमुख लेख

कमलराज राई
साँच्चै भन्ने हो भने संविधानका लागि सबैभन्दा बढी आन्दोलन र बलिदानी दिनेमा नेपाली नै हुन सक्छन् । एक थान संविधानका लागि मुलुकले सातदशकसम्म आन्दोलन गरिरह्यो । मुलुकमा धेरैपटक धेरै संविधान बने । संविधान बने पनि मुलुक चाहिँ कहिल्यै बनेन । राजनीतिक दलहरुले विकासका लागि कहिल्यै आन्दोलन गरेका छैनन्, उनीहरु संविधानका नाममा संघर्ष, आन्दोलनका बिगुल फुके केवल उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न । संविधानको खुड्किलामा चढेर नेताहरु पटकौँपटक राज्य सत्तामा पुगे । उनीहरुले त्यसबेला संविधान बाधक देखेनन् तर जसै उनीहरु सत्ताबाट ओर्लन्छन्, तब उनीहरु संविधानमा खोट देख्छन् । संविधानमा खोट देख्नुको कारण उनीहरुको स्वार्थ पूरा नभई सत्ताबाट बहिर्गमन हुनु हो । नेताहरुले आज लोकतन्त्रका नाममा अधिनायकवाद भित्र्याउन थालेका छन् । आफ्नो दललाई बलियो बनाउने, कार्यकर्तालाई अरिंगल बनाउने, गुन्डागर्दी बनाउने र आफ्नो सुरक्षामा खटाउने । ती कार्यकर्ता, अरिंगल र गुन्डाहरुलाई थोरै भाग दिँदा मख्ख पर्दै आफ्नो गुनगान गाउने नछाड्ने भएपछि नेताहरुका लागि त्योभन्दा अर्को सजिालो बाटो देखेनन् । पार्टीमा आफ्नो विरोध भइहालेमा उनलाई कारबाही गरेर छेउमा पु¥याएपछि नेतृत्वविरुद्ध कोही, कसैले बोल्नै सक्दैनन् । बोल्न सक्ने थिए, तर कारबाहीमा पर्ने डरले उनीहरु मुख खोल्नै सक्दैनन् ।
भन्ने हो भने तत्कालीन राजा ज्ञानेन्द्रले राज्य सत्ता छाड्दाको शान्दार र इज्जतिलो कदम कोही कसैले अनुशरण गरेका छैनन् । सत्ताबाट बाहिरिँदै गर्दा प्रधानमन्त्रीले नानाभाँतीका कुरा गरेर हिँडेको देखिन्छ । यसअघि केपी ओलीले प्रधानमन्त्री निवास छाड्दा उनले हजारौँ युवा जम्मा गरेर असन्तुष्टि मात्र पोखेनन् । उनले आइएम विथ केपी भन्ने प्लेकार्ड बोकेर आफ्नो घर फर्केको कोही कसैले बिर्सेका छैनन् । सत्ता सधैँको बकसपत्र होइन भन्नेसम्म नजान्नेहरु आज सरकारमा देखिएका छन् । उनीहरुले सत्ताबाट ओर्लनै चाहँदैनन् । बरु सत्ता जोगाउका लागि अनेकौँ हथ्कन्डाहरु मच्चाउँदै आएका छन् । सत्ताबाट बाहिरिँदा चित्त दुखाउनेहरुले तत्कालीन राजा ज्ञानेन्द्रको शैलीलाई अपनाउनु उत्तम देखिन्छ । अढाइ सय वर्षदेखि गर्दै आएको राजकाज र सम्हाल्दै आएको दरबार छाड्दा पनि उनले केही बिस्मात मानेनन् । अरु जनताको निर्णय आपूmले मान्ने भनेर जनताको इज्जत गरेर हिँडे । अढाइ सय वर्षदेखिको दरबार छाड्दा सामान्य रुपमा लिने ज्ञानेन्द्रबाट नेताहरुले पाठ सिक्दै सरकारबाट बाहिरिनुलाई सामान्य मान्न सक्नुपर्छ । अन्यथा नेताहरुको अहंताका कारण मुुलुक दुर्घटनामा पर्ने देखिएको छ ।
नेताहरुले सत्ता छाड्नु प¥यो कि संविधान ठीक नभएको भन्दै विरोधमा उत्रन्छन् । हिजो उनीहरु सत्तामा बसुन्जेल त्यहि संविधान विश्वको उत्तम संविधान भन्ने तर सत्ताबाट बाहिरियो कि संविधानमा खोट देख्ने नेताहरुका कारण मुलुक आक्रान्त देखिएको छ । धेरै टाढा नजाऔँ, नेपालको संविधान, ०७२ को घोषणा भएपश्चात राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गयो । उसले संविधान ठीक छ भनेर संविधानको प्रचारप्रसारका लागि करिब ३ करोड रुपैयाँ पनि सरकारबाट पायो । उसले संविधानको यत्ति गुनगान गाए कि यो संविधानमा कुनै खोट नै र्छन । उनीहरुले संविधानलाई विश्वकै उत्कृष्ट संविधानको दाँजोमा हेरेर जनतालाई नै अवाक बनाइदिए । यत्तिका राम्रो संविधान बनेको भनेर सर्वसाधारणले नै मुक्तकण्ठले प्रशंसा गरे । तर, जसै उनीहरु सत्ताबाट बाहिरिए, त्यसपछि उनीहरुले संविधानलाई अपूरो भन्दै विरोधमा उत्रिए । कस्तो गज्जबको चाला ? सत्तामा बसुन्जेल राम्रो संविधान एकाएक नराम्रोमा परिवर्तन भएपछि जनता फेरि अवाक भएका छन् । अहिले सोही पार्टीका अध्यक्ष तथा तत्कालीन उपप्रधानमन्त्री कमल थापाले नै संविधान अपुरो भएको भनेर भन्न थालेका छन् । उनले अहिले राजा र प्रतिबन्धित पार्टी नकपा चन्दलाई पनि अटाउने खालको संविधान बनाउनुपर्छ भन्दै भन्न थालेका छन् । त्यसो त त्यसबेला ठिक छ भन्दै शानदार किसिमले हस्ताक्षर गर्ने भूतपूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले पनि अहिले संविधान संशोधनको कुरालाई एकाएक उठाउन थालेका छन् । हिजो तत्कालीन माओवादी र नयाँ शक्ति नेपालमा रहँदासम्म ठिक भएको संविधान जब उनी संघीय समाजवादी पार्टीमा पुग्नेबित्तिकै उनले संविधानमा खोट देखेका छन् ।
संसारका मुलुकहरुले कहिल्यै संविधानलाई बाधक देखेनन् । संयुक्त राज्य अमेरिकाको करिब दुई सय वर्ष पुरानो संविधान आज पनि ज्यूँदै छ । त्यहि संविधानले अमेरिकालाई विश्वको बलशाली राष्ट्रका रुपमा उभ्याएको छ । टाढा नजाऔँ, छिमेकी मुलुक भारतको संविधान सन् १९४७ मा बन्यो, आज त्यहि संविधानले उसलाई चन्द्रमाको यात्रा तय गर्न सक्ने बनायो । तर, नेपालमा भने २००७ सालदेखि संविधानको नाममा सधैँ लडाइँ, झगडा भइरह्यो । संविधान पनि पटकपटक पाएकै हो । तर, नेपालले भने अझैसम्म उन्नति गर्न सकेछ । केवल संविधानमै अल्झिरहेको देखिएको छ । लोकतन्त्रका जन्मदाता बेलायत आज पनि संविधानविहीन मुलुकका रुपमा रहेको छ । उसले संसारलाई जितेर देखाइदियो । तर, नेपालले पाएको संविधानले के ग¥यो ? के दियो ?
नेताहरुकै भाषालाई सापटी लिने हो भने सात दशकपछि जनताबाट बनेको विश्वकै उत्कृष्ट संविधान अन्ततः विवादरहित बन्न सकेको छैन । संविधानलाई मान्ने होइन, नमान्नेका जमात पनि थोरै छैन । यो संख्या पछिल्लो समय झन् बढ्दै गएको छ । सरकारको अहंताका कारण संविधान अस्विकार गर्नेको संख्या बढेको हो । लोकतन्त्रको गहना भनेको कानुनी राज्य हो । कानुनी राज्य भनेको सबै समान, सबैको हक र अधिकार समान हुनुपर्छ । तर, सरकारले यस्तो गरेको छैन । मुख्य रुपमा राजनीतिक दलहरुका कारण लोकतन्त्रमा दाग लागेको छ । दल र सरकारले कानुनको धज्जी उडाउने र सानालाई भने कानुनी राज्यको पाठ सिकाउने कारणले संविधान अस्विकार गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ ।
सरकार र सरकार वरिपरि बस्नेले मात्र संविधान स्वीकार गरेको देखिन्छ । गरिब वा सरकारमा पहुँच नपुग्नेहरुले भने संविधान आफ्नो भनेर अपनव पनि त गर्न सकेका छैनन् । यहि सरकार र सरकार वरिपरि बस्नेहरुले मात्र संविधानको प्रशंसा गर्ने हो भने त शासन व्यवस्था परिवर्तनको कुनै अर्थ छैन । हिजोको पञ्चायती व्यवस्थामा पनि संविधानको पक्ष्“मा वकालत गर्नेहरुको कमी थिएन । झन् सत्ता वरिपरि बस्नेहरुले त संविधानलाई साँच्चै जीवनदाताका रुपमा लिएका थिए । तर, यसबीच संविधान नमान्नेहरुको विरोधले गर्दा पञ्चायती व्यवस्थको संविधान अन्ततः खारेज भएको थियो । सा“च्चै भन्ने नै हो भने पञ्चायती संविधान र वर्तमान लोकतान्त्रिक संविधानको हविगत एउटै देखिन्छ । किनभने अहिलेको संविधानलाई सत्ता वरिपरि बस्नेले समर्थन गर्ने र जनताले चाहि“ स्वीकार नगर्ने अवस्था छ । यहि प्रवित्ति पञ्चायतमा पनि थियो ।
सरकारको काम जनताको चाहनाबमोजिम शासन व्यवस्था चलाउने हो । जनताले चाहेको जस्तो संविधान नभएको हो भने जनताले भनेजस्तो संविधान दिनु राज्यको कर्तव्य हो । तर, सरकारले संविधान कार्यान्वयनभन्दा पहिले संशोधनको हतारो भएको भनेर कटाक्ष गरेको देखिन्छ । संविधान जारी भएको पा“चौ“ वर्ष लागेको छ । सरकार बनेको छ । यहि संविधान बमोजिम सरकार गठन भएको अढाइ वर्ष हुन लाग्दा पनि संविधान नै कार्यान्वन नभएको भनेर सरकारले सफेद झुठ बोलेको । कार्यान्वयन भएन भनेर सरकारले भन्नु हा“स्यास्पद हो । यहि संविधानमा टेकेर उनीहरुले राज्य गरेको अवस्था छ । तर, तै पनि संविधान कार्यान्वयनको कुरा झिकेर जनतालाई झुक्याउने काम गरेको छ । यदि अहिलेसम्म पनि संविधान कार्यान्वयन नभएको हो भने सर्वस्विकार्य बनाएर कार्यान्वयनमा जोड देऊ । तर, संविधानमै टेकेर राज्य सत्ता हा“क्ने तर अप्ठ्यारो अवस्था आयो कि कार्यान्वयनकै कुरा झिकेर जनतालाई भ्रममा पार्ने कसैलाई हक छैन ।
मुलुक विकासका लागि आन्दोलन गर्नुपर्ने ठाउँमा नेताहरुको स्वार्थ पूरा गर्न संविधान बनाउने नाममा सधैँ आन्दोलन भइरह्यो । अहिले पनि सत्तामा हुनेहरुले संविधान ठीक भनेको छन् भने सत्तामा बस्न नपाएकाहरुले संविधानमा खोट देखेका छन् । संघीयताका प्रखर विरोधी जनमोर्चा नेपालमा अध्यक्ष चित्रबहादुर केसी पनि त्यहि संघीयतासहितको संविधानअन्गर्ततको सरकारको उपप्रधानमन्त्री बन्न पछि परेनन् । जब उनी सत्ताबाट बाहिरिए, अहिले उनी संघीयताको विरोध गर्न छाडेका छैनन् । त्यसैले अब नेताहरुले विकासको लागि आन्दोलन थाल्नुपर्छ । जसले विकासको लागि आन्दोलन गर्छ, उसलाई मात्र जनताले साथ दिने हो तर संविधान र व्यवस्थाको पक्षमा उठेको आन्दोलनलाई साथ दिनु धोकाभन्दा अरु केही हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *