लौ पढौँ , नेताहरुको यौन चर्तिकला

प्रमुख राजनीति समाचार

नेपालीमा एउटा उखान छ थुतुनो र… सम्हाल्नू । यी दुई सम्हाल्न नजान्दा उचाइँमा पुगेका भिभिआइपीहरु सडकमा पछारिएका छन् । यही प्रकरणमा परेर सभामुख कृष्णबहादुर महराको प्रतिष्ठा माटोमा मिल्दै छ भने अर्कोतिर भएको पद गुम्ने स्थिति आयो । जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महरालाई मंगलबार अदालत लगिएको छ । नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको हो । संसद् सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणीको आरोपमा महरा असोज १९ गते पक्राउ परेका थिए । दसैँ बिदाकै क्रममा नियन्त्रणमा लिइएकाले हिजो (मंगलबार) मात्रै म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको हो । यसरी पद गुमाउने र बेइज्जतीको भागीदार हुने महरा एक्ला भिभिआइपी होइनन् । यसअघि यस्तै हर्कतका कारण दर्जनौँ मन्त्रीहरुले पद गुमाइसकेका छन् । पछिल्लो समयमा मात्र यस्तै यौनजन्य हर्कतका कारण आधादर्जन भिभिआइपीले पद गुमाएका छन् । केहीको बेइज्जतीसमेत भएको छ । केहीले नैतिकताका आधारमा राजीनामा दिएर अझै आफ्नो उचाइँ बढाएका छन् । जस्तो आजभन्दा चार वर्षअघि मन्त्री थिए हरि पराजुली । उनी वामदेव गौतमको अत्यन्त विश्वासनीय व्यक्ति । १५ असार अर्थात् रोपाइँ महोत्सव । त्यही रोपाइँमा एक वृद्ध महिलासँग अश्लिल हर्कत गरे ।

चौतर्फी आलोचना भयो । राजीनामा दिन बाध्य भए । क्षणिक मनोरञ्जनमा पर्दा र अश्लिल हर्कत गर्दाको परिणाम उनको मन्त्री पद त गयो नै हालसम्म आर्जित प्रतिष्ठासमेत माटोमा मिल्यो । आज पनि १५ असार भन्नेबित्तिकै धेरैले उनै हरि पराजुलीलाई सम्झन्छन् र अनेकन ट्रोल बन्छ । यही बीचमा केशव स्थापित यौनकाण्डमा परे । हुँदा छँदाको मन्त्री पद चट भयो । उनको मन्त्री पद ‘मी टू’ अभियानले लग्यो । उनीमाथि सञ्चारकर्मी महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । स्थापित काठमाडौं महानगरपालिकाको मेयर हुँदा सञ्चारकर्मी रश्मिला प्रजापतिमाथि यौन दुव्र्यवहार गरेको आरोप लाग्यो । प्रजापतिले सामाजिक सञ्जालबाटै मेयर स्थापितले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि उनको मन्त्री पद गयो । यस्तै पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत यौनकाण्डमा मुछिए । उनीमाथि यौन दुव्र्यहार गरेको एक एकल महिलाले आरोप लगाइन् । यद्यपि उनीमाथि कुनै कारबाही भएको छैन । यस्तै बोली सम्हाल्न नसक्दा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भए । उनलाई उनीसम्बद्ध नेपाल कम्युनिस्ट पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिदियो । तत्कालीन मन्त्री सोडारीले एक महिलालाई टेलिफोनमा मनलाग्दी भनेको अडियो रेकर्ड बाहिरिएको थियो । कानुनमन्त्री समेत रहेका शेरबहादुर तामाङले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जाने नेपाली छात्राबारे नकारात्मक टिप्पणी गरेको भन्दै चौतर्फी आलोचना भएपछि तामाङले ‘नैतिकताका आधार’मा पदबाट राजीनामा दिएका हुन् । महरा प्रकरण सेलाउन नपाउँदै नेकपाको अर्को नेताले एकल महिलामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । उसो शारदा भुषाल, खिमा रिजालहरुले त पुस्तक नै प्रकाशन गरेर नेता तथा मन्त्रीहरुले यौनहिंसा गरेको आरोप लगाएका छन् । अगुवा शारदा भुषालले आफ्नो पुस्तकमा पूर्वशिक्षामन्त्रीसमेत रहेका मोदनाथ पश्रितलाई पोलेकी छन् ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई बालिका खड्का नाम गरेकी दोलखाकी एक युवतीले यौनहिंसा गरेको आरोप लगाइन् । त्यो विषय यतिकै मथ्थर भयो । यस्तै प्रकरणमा तत्कालीन सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ पार्टीले कारबाही गरेपछि अहिले गुमनाम छन् । यस्तै पूर्वपर्यटनमन्त्री कृपासुर शेर्पा पनि यौनकाण्डमा मुछिए । यस्ता रंगिला कर्ममा पूर्वमाओवादीहरु बढी मुछिने गरेका छन् । जस्तो हरिबोल गजुरेल शितलकुमारले पनि सांस्कृतिक विचलनमा परेर कारवाही भोगे । जनयुद्धपछि मन्त्रीसमेत भएका गजुरेलमाथि त्यसबेला पार्टीकै एक महिला कार्यकर्तासँग अनैतिक सम्बन्ध राखेको अभियोग लागेको थियो । पछि संविधानसभा सदस्य भएकी नीरकुमारी दर्नालसँग पनि यस्तै काण्डमा मुछिएका गजुरेल पछि कारबाहीमा समेत परे । हाल काराबासमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश वली सुदर्शनमाथि पनि यौनकाण्ड लाग्यो । ०५७ सालमा अखिल क्रान्तिकारीका अध्यक्ष कृष्णध्वज खड्कालाई पनि तत्कालिन महिला विधार्थी नेतृले आफूलाई यौनदुव्र्यवहार गरेको आरोप लगाएपछि खड्का ६ महिना पार्टीबाट निष्कासित हुन पुगे । यस्तै पार्टीको केन्द्रीय सदस्य हिमाल राई पनि यौनकाण्डमा एक वर्ष पार्टीको निलम्बनमा परको थिए । जुन विप्लव माओवादी हुँदै नेकपामा प्रवेश गरेका छन् । नेता राम कार्की पनि यस्ता प्रकरणमा मुछिएका व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *