देखिन थाल्यो सरकारको सक्रियता

लेख

सम्पादकीय

सरकाले सक्रियता देखाउन थालेको हो ? प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थिति कमजोर भए पनि प्रम निवास नै सक्रिय हुन थालेको छ । नेकपा सचिवालयले स्थायी समितिको बैठक तोकेपछि केही तरंग पनि आउन थालेको हो ? सरकारको सक्रियता बजारमा देखिन थाल्दा अन्योल र अस्थिरता हटाउन पार्टीलेसमेत चिन्ता लिन थालेको देखिन्छ । कम्युनिस्ट पार्टी त कम्युनिस्ट सिद्धान्त र नीतिमा चलेको पाइँदैन ।
नेपालमा श्रमिक वर्गको बाहुल्यता छ । हुँदा खानेहरुको बाहुल्यता ठूलो छ, हुनेहरु राज्य सत्ताको सञ्चालक छन् । आचरण सामन्तको छ, व्यवहार पूरै भ्रष्ट छ । सुधारको संकेत कतै थिएनन् । प्रमको निर्देशन र चासोलाई कर्मचारीले महत्व दिएका थिए । अझै पनि पार्टीलाई ध्यान दिएको देखिँदैन । पार्टीमा गुट सर्वैसर्वा भयो भने जिम्मेवारी कसैले पूरा गर्दैन ।
यो सत्यता प्रधानमन्त्री, प्रमुख प्रतिपक्षका नेता नेकपाका अध्यक्षलाई सिकाउन पर्दैन । तर, उनीहरुले यो अवधिमा देखाएको काम भनेको भारतीय सीमा अतिक्रमण हो । नेपालको प्रगति र उन्नतिका लागि एकजुट हुनु प¥यो । भ्रष्टाचारसँग सरकार जोडिएर आउनु भएन । किन छानबिन भएन बाइडबडीको ३ अर्ब ७५ करोड । एनसेलको कर प्रकरणमा एकता किन भएन । बालुवाटार जग्गा प्रकरणमा नेताहरु नै जोडिए, प्रतिपक्षी बोल्न सक्दैन । किनकि सुरुवात कांग्रेसकै सभापति शेरबहादुर देउवा गृहमन्त्री भएका बेला तथ्य त आएकै छ । गल्ती गर्नेले महसुस गरे पुग्छ । सुधार गर्ने बेला हो यो ।
सरकार र मुख्यगरी भौतिक मन्त्रीलाई गिज्याएको काठमाडौंको धुलो नियन्त्रणको औजार त अधुरा भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्नु हो । तर, अधुरा काममा ढिलाइ किन हुन्छ ? यस विषयमा जोडिएको अड्चन संगठन जोडिन्छ त्यो माथि कारबाही गर्न सरकारले सक्छ ? तर मन्त्री नै बिचौलियासँग फस्दा न त पार्टीको इज्जत हुन्छ, न त सरकारका योजना सफल हुन्छन् । पार्टीको सक्रियता क्रियाशील बनोस्, सबै कुरा ठीक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *