एकीकरण नहुने भएपछि महाधिवेशनतिर राजपा

प्रमुख राजनीति

२ नं. प्रदेशमा सरकारमा सहभागी रहेको राष्ट्रिय जनता पार्टी महाधिवेशनको गृहकार्यतिर लाग्न थालेको छ । हालै मात्र सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग तत्काल एकीकरणको सम्भावना नदेखेपछि राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डल महाधिवेशतिर आकृष्ट हुन थालेको हो । यसभन्दा अगाडि समाजवादी पार्टीसँग एकीकरण गर्ने भन्दै राजपाले पटक पटक पार्टीको महाधिवेशन तोक्ने र पर सार्ने गर्दै आएको थियो । तर पछिल्लो घटना क्रमले समाजवादी पार्टी संघीय सरकारबाट टाढा भएसँगै राजपा संघीय सरकार र संघीय सरकार संचालन गरी राखेको नेपाल कम्युनिस्ट पार्टीसँग नजिक हुन थालेपछि राजपा र समाजवादी पार्टीको एकीकरणको सम्भावना घट्न थालेको हो । दुई पार्टीक बीचमा तत्काल एकीकरण हुने सम्भावना नदेखेपछि नै राजपाको अध्यक्ष मण्डल महाधिवेशनतिर लाग्न थालेको छ ।

राजपाको अध्यक्ष मण्डलले महाधिवेशत तयारी समितिको बैठक राख्ने निर्णय गरेको छ । महाधिवेशन तयारी समितिको बैठकले एकताको महाधिवेशनका लागि मिति तोक्नेलगायत अन्य गृहकार्य गर्ने छ । यसैगरी राष्ट्रिय जनता पार्टीले आगामी ७ र ८ गते महोत्तरीको जलेश्वरमा २ नं। प्रदेशमा राष्ट्रियसभाका लागि हुने निर्वाचनका मतदाताहरुलाई प्रशिक्षण दिने कार्यक्रम पनि राखेको छ । राष्ट्रियसभाको निर्वाचनका निम्ति स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर सँगै प्रदेश सांसद र संघीय सांसद मातदाता हुने व्यवस्था रहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग राजपाको केही समय अगाडिसम्म खराब सम्बन्ध रहेको कारण राष्ट्रियसभाका लागि हुने निर्वाचनमा मतदाताहरुबाट अन्तरघात हुन सक्ने खतरालाई ध्यानमा राखेर बदलिँदो परस्थितिमा नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको चुनावी तालमेलका बारेमा स्पष्ट पार्न राजपाले कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनको दुई दिन अगाडिबाट दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो । स्मरण रहोस् २ नं. प्रदेशमा राष्ट्रियसभाको चार स्थानका लागि हुन लागेको निर्वाचनमा राजपाले दुई स्थान लिने र नेकपालाई दुई स्थान दिने गरेर चुनावी तालमेल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *