ट्रमा सेन्टरमा सोचनाको दादागिरी

प्रमुख विविध शिक्षा/स्वास्थ

जसरी वीर अस्पताल एक जना नर्सले हल्लाइरहेकी थिइन् उस्तै गरी राष्ट्रिय ट्रमा सेन्टरमा अर्को नर्सको उदय भएको छ । लामो समयसम्म बीर अस्पतालको खरिद शाखामा बसेर तर मारिरहेकी भगवती थपलियाकै शैलीमा अहिले वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा नर्सिङ निर्देशकको रुपमा कार्यरत सोचना सापकोटाका कारण कर्मचारी डक्टर आजित छन् । सोचनाले डक्टरद्वय गौरव ढकाल र डा।नवीन पोखरेलहरुसँग मिली जनताको स्वास्थ्यमाथि समेत गम्भीर खेलवाड गरिरहेको उजुरी विभागीय स्वास्थ्य मन्त्रालय हुँदै अख्तियारसम्म पुगेको छ । नीति नियमविपरित त्यहाँ सोचनाका साथै डक्टरद्वय सापकोटा र पोखरेलहरुले आफ्नो नर्सिङ ऐनेस्थेसिया तालिम केन्द्रको ४० जना नर्सिङ बिद्यार्थीसँग मासिक ४ हजारको दरले उठाएर उनीहरुलाई तीन महिना तालिम गराउँदै प्रमाण पत्र दिने गरेको तथ्य उजागर भएको छ । जसरी भगवती थपलियाले सत्तामा जो आयो उसैको नाम भजाएर फाइदा लिन्थिन् अहिले उस्तै धन्दामा सक्रिय छिन् सोचना । कानुनबाट स्वास्थ्यमा भानुभक्त ढकाल तानिएपछि स्वास्थ्य मन्त्री र आफू एउटै प्रदेशको एवं आफन्त हुन् भन्दै ट्रमाका निर्देशक र कुनै डाक्टरलाई समेत नटेर्ने गरेको त्यहाँ कार्यरत डक्टर तथा नर्सहरुको गुनासो छ । यता, अस्पतालमा महगोमा औषधि टेन्डर गरेर आफ्नै फार्मेसीमा राख्न खोज्दा अस्पताल बाहिरका पसलेसँग कमिसन लिएर अत्यावश्यक औषधि टेन्डर गर्नेसमेत रोक्ने गरेको कर्मचारीहरुको गुनासो छ । अस्पतालमा आइसियू खाली हुँदाहुँदै समेत बेड नभएको भन्दै नीजिमा पठाएर सापकोटाले निजी अस्पतालमा पठाएर कमिसन असुली गर्दै आएको आइसियूमा कार्यरत एक नर्सले सुनाइन् । सापकोटाको ज्यादती कतिसम्म छ भने इलाइट नामक ओटी र आइसियू तालिम केन्द्रसँग मासिक कमिसन लिने गरेको र अस्पताल प्रशासनलाई समेत नटेर्ने गरेको ट्रमाका अधिकांश डाक्टरहरुको भनाई छ । उनलाई ट्रमाका डा सन्तोष पौडेल ,डा गौरव ढकालले साथ दिँदै आएको छन् । अस्थायी ,करार नर्सिङ कर्मचारीको म्याद थप गर्दा नर्सिङको सिफारिश दिँदासमेत उनले कर्मचारीसँग कमिसन नलिई सिफारिश नै नगर्ने गरेको गुनासो छ । ट्रमा सेन्टरमा ११औँ १०औँ र ९औँ तहका वरिष्ठ डाक्टरहरु कार्यरत छन् । तर यिनै नर्सको दबदबामा ट्रमा चलेको उनीहरुको गु्नासो छ । अहिले यी तीनविरुद्ध अख्तियार, सतर्कता केन्द र स्वास्थ्य मन्त्रालयमा उजुरी पुगेको छ । उजुरीमा ट्रमा सेन्टरलाई तालिम केन्द्र बनाएको र पैसा खाएको, अस्पतालमा बेड हुँदाहुँदै बेड खाली छैन भन्दै त्यहाँ आएका बिरामीहरु निजीमा पुराउने गरेको र नीजि अस्पतालबाट कमिसन खाने गरेको, कर्मचारीको म्याद थपमा कमिसन लिने गरेको, ट्रमा सेन्टरमा औषधि पसलमा अत्यावश्यक र महँगो औषधि राख्न र टेन्डर गर्ने नदिएको उल्लेख गरिएको छ । मन्त्रीको नाम बेचेर फाइदा लिने यस्ता कर्मचारीलाई मन्त्रीले कस्तो एक्सन लिन्छन् हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *