sampadakiya

विकृतिको दलदलमा पार्टी

लेख

भन्ने बेलामा नेपाल कम्युनिस्ट पार्टीले गर्छ सामान्तवादी यो देशको भ्रष्ट नेतृत्व र सरकारले जनताको सेवा गर्छ भन्ने तर पार्टीले चाहिँ तस्कर, ज्यानमारा, हत्यारा र अपराधीको मात्र सेवा गर्छ । एकीकृत पार्टीको इज्जत छैन, एकताले पूर्णता पाएको छैन । अध्यक्षद्वयलाई देश, जनता, पार्टी र कार्यकर्ताको भन्दा परिवारवाद र गुटवादको चिन्ता छ । शिक्षा क्षेत्र तहस नहस भइसकेको छ । मान्छे खाना नपाएर मरेका छन्, रोजगारी गुमाएर आत्म दाहा गरेका छन् । तर कम्युनिस्ट पार्टीलाई केही चिन्ता छैन । रिस उठेको मान्छेको हत्या गर्न सरकार नै सक्रिय छ । राजनीतिक विमती देखाउनेलाई शत्रु बनाउने परम्परा नै बसेको छ ।
नेपालको हितमा नभएको एमसिसीलाई लागू गर्ने र नगर्ने लडाइँ पनि देशभक्तहरुको परिचय भयो । पदको निम्ति केन्द्रित नेतृत्वले राष्ट्रिय सभाको एक सांसदसमेत मनोनित भएको छैन । संविधानविपरीत अध्यादेश ल्याइयो । प्रधानमन्त्रीले पठाएको कागजात कसैसँग सोधखोज नगरी राष्ट्रिय मुद्दालाई लाहा छापा लगाउन राष्ट्रपति सफल भइन् । आफ्नो गरिमा बचाउन प्रधानमन्त्री र उनको टिमले सकेको छैन । पार्टीमा द्वन्द्व हुनुको कारण त्यो पनि हो । बालुवाटार जग्गा काण्डमै भेद्भावपूर्ण व्यवहार सरकारले देखायो । जो विवादित छ, उसलाई राष्ट्रिय सूचना आयोगमा नियुक्ती गर्नु, यति एयरलाइन्सलाई वायुसेवा निगमका जहाज सुम्पनु बद्नामी हो ।
शिक्षा क्षेत्रमा पुरातनशैली छ । संचार क्षेत्र झन् बद्नाम छ । स्वरोजगारमूलक पत्रपत्रिका बन्द गरेर सरकारको भ्रष्टाचारलाई ढाकछोप गर्ने सरकारी प्रयास सफल बनाइँदै छ । विज्ञापन÷सूचना रोक्न अर्थले पठाएको पत्रले संघसंस्था बद्नाम छन् । प्रहरी प्रशासन स्वेच्छ छैन, कर्मचारीले सरकरको निर्देशन नटेरेर कर्मचारी नै राजनीति गर्छन् । श्रम तथा रोजगार मन्त्री होऊन् वा कर्मचारीका मन्त्री हृदयेश त्रिपाठीको विगत पार्टीसँग गाँसिएको छैन । न त उनीहरु नेकपाकै सदस्य थिए । उनीहरुले मन्त्री बनेर नेकपाको बद्नाम गरेका छन् । पार्टी नै बद्नाम भएकाले उनीको नालीबेली लुकेको छ ।
सिद्धान्त, विचार, नीति र विधि त्यागेर नेकपा गुटवाद, धनवाद, परिवारवादमा रमाएको छ । अहिले राष्ट्रमा भएको भ्रष्टाचारमा लागेको नेतालाई न त अब संसद बन्नु परेको छ न त जनताको हित सोच्नु परेको छ । राष्ट्रमा कोरोना कहरले त्राहीत्राही बनाउँदासमेत सरकारले भ्रष्टाचार गर्न छाडेन । अख्तियार चीर निन्द्रामा छ, प्रधानमन्त्रीकै टिम भ्रष्टाचारमा देखिँदा बद्नाम हुने भनेकै नेकपाको हो । यो पार्टीलाई जनताको जरुरी नभएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *