काठमाडौं । राजनीति चिन्तनभन्दा डाङडुङे विद्यार्थी जीवनदेखि नै चर्चामा आएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले सडकभन्दा सत्ता रोज्दा आलोचना खेपिरहेका छन् । ऊर्जामन्त्रीको पदभार ग्रहण गरेको साता दिन बितेको थिएन, मन्त्रीले राजधानीको घनाबस्तीको विद्युतीय तार भूमिगत बनाइँदै गरेको कार्य योजनाको विरोध गर्न थालेका छन् । विद्युत् चुहावट नियन्त्रण र चोरीतर्फ ध्यान छैन, प्राधिकरणमा कामु कार्यकारी हितेन्द्र शाक्य छन् । उनी पूर्वकार्यकारी प्रधानमन्त्रीुख कुलमान घिसिङको कार्यकालभर बंगलादेशमा जागिर खान गएका शाक्य पुरानो टिम लथालिंग बनाएर कतै राजधानीझै लोडसेडिङको सुरुवात गर्न लागेको त छैनन् ? किनकि हिमाली जिल्ला हुम्लामा लोडसेडिङ सुरु भएको छ । राजधानीमा प्राविधकणले डिजाइन मै झ्याप्पझ्याप विद्युत काटेको बताइन्छ ।
भारतीय सहयोगमा प्राविधिकले उपत्याकाको मुल सडक चक्रपथदेखि लैनचौरसम्म भूगिमत विद्युत् पाइप विस्तार भइरहेको छ । चिसोका कारण उत्पादन घट्दो छ । ठूलो लगानीको तामाकोसी हाइड्रोपावरको विद्युत् उत्पादनको काम ढिलाइ गरेर भ्रष्टाचार गर्ने टोली जिवित छ । प्राधिकरणभित्र सुधार कतै छैन । लोडसेडिङकै बेला जनताको बिजुली काटेर विद्युत् प्रयोग गरेका निजी क्षेत्रका ठूला व्यापारीको महशुल उठाउन प्राधिकरण असफल छ । राजनीति नेतृत्वले चन्दा उठाउँदा उद्योगी, निजी टेलिफोन कम्पनी एनसेलले कर नतिर्दा देश ठूलो राजस्व गुमेको छ । मन्त्री नै यथार्थतर्फ भन्दा हावामा कुदेको देखेर जनता दंग हुनुपर्ने अवस्था छ । भारतसँग महँगोमा खरिद गर्ने सस्तोमा दिने चलन पनि हटेको छैन । मन्त्रीलाई यो जानकारी कि छैन ? तर उनले भूमिगत विद्युतीय पाइप विस्तारको विरोध गरेका छन् ।
पार्टी विभाजनका बेला प्रधानमन्त्रीलाई सहयोग गरी मन्त्री पद पाउनु कुनै ठूलो विषय होइन । विचार र सिद्धान्तमा पार्टी चलेको भए पो विचारको कुरा आउँछ । सत्ता स्वार्थ, नातावाद र गुटवादले नेकपा ध्वस्त भएको बेला विघटित माओवादीका क्रान्तिकारीहरुले सत्ताको सुख सयलमा रमाउँदा कुरा काट्नेले काटेर रमाउँदा झन्झट नै हट्ने छ । श्रमजीवी वर्गको हित, गरिबको कल्याण गर्ने कम्युनिस्ट नेपालमा तहस नहस भएका बेला सरकारका मन्त्रीका योजना र आश्वासनको के अर्थ ?