आमसर्वसाधरणको हितका लागि कुनै पनि वस्तु, सेवा, प्रक्रिया र व्यवस्थापन प्रणालीको गुणस्तर निर्धारण, गुणस्तर प्रमाण चिह्न प्रयोग गर्न र नेपालभर अन्तर्राष्ट्रिय मान्यताअनुरुप मेट्रिक पद्धतिमा आधारित नाप तथा तौलको स्ट्यान्डर्ड कायम गरी प्रचलनमा ल्याउने मुख्य उद्देश्य रहेको नेपाल गुणस्तर तथा नापतौल विभागले वस्तु, सेवा, प्रक्रिया र व्यवस्थापन प्रणालीको नेपाल गुणस्तर निर्धारण गरिसकेको छ । सर्वसाधरण ठगीमा नपरून् तथा उपभाोक्ताहरुले निर्धक्क रुपमा वस्तुहरुको प्रयोग गर्न सकून् भनी स्थापना भएको यो विभागलले सोहि अनुरुप कार्य गर्दै आएको छ । यस विभागको कार्य, गतिविधि र भावी योजनाका बारेमा विभागका महानिर्देशक विश्ववावु पुडासैनीसँग गरिएको कुराकानीको सारसंक्षेपः
० नेपाल गुणस्तर तथा नापतौल विभाग भनेको के हो ? आमनेपालीले बुझ्ने सरल भाषमा बताइदिनुहोस् न ।
नेपाल सरकार उद्योग मन्त्रालयअन्र्तगत नेपाल गुणस्तर तथा नापतौल विभाग नेपालको राष्ट्रिय गुणस्तर निकाय तथा राष्ट्रिय नापतौल निकायका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित रहेको छ । नेपाल सरकारले औद्योगिक नीति, ०३० लागू गरेअनुसार ०३३ सालमा औद्योगिक उत्पादन र उत्पादकत्वमा गुणात्मक एवं परिमाणात्मक सुधार ल्याउनका लागि ०३४ सालमा विभिन्न वस्तु तथा पदार्थमा गुणस्तर निर्धारण कार्य थालनी भएको थियो । त्यसपश्चात ०३७ सालको नेपाल गुणस्तर प्रमाण चिह्न ऐनबमोजिम नेपाल गुणस्तर चिह्न प्रयोग गर्ने व्यवस्था अनुरुप ०३९ सालमा उद्योग मन्त्रालयअन्र्तगत विभागीय स्तरको नेपाल गुणस्तर कार्यलयमा परिणत गरिनुका साथै नेपाल गुणस्तर परिषद्को स्थापना भयो । ०४४ सालमा गुणस्तर सम्बन्धी क्रियाकलापलाई वैज्ञानिक, औद्योगिक र कानुनी नापतौलको पनि महत्वपूर्ण भूमिका रहने भएकाले यस क्षेत्रको सुदृढीकरण गर्ने अभिप्रायले नेपाल गुणस्तर कार्यालय र नेपाल नापतौल विभागलाई एकै ठाउँमा गाभी नेपाल गुणस्तर तथा नापतौल विभागको स्थापना भएको थियो । यस विभागले नेपाल सरकार, उद्योग मन्त्रालयअन्तर्गत रही कार्य सम्पादन गर्दै आइरहेको छ ।
० नेपाल गुणस्तर तथा नापतौल विभागले कस्ता कस्ता कार्यहरु गर्दै आएको छ ?
नेपाल गुणस्तर तथा नापतौल विभागको मुख्य कार्य भनेको राष्ट्रिय गुणस्तर तर्जुमा गर्नु तथा नापतौलतर्फ अन्तर्राष्ट्रिय मान्यता प्राप्त मेट्रिक पद्धतिमा आधारित नापतौल स्ट्यान्डर्ड कायम गर्ने रहेको छ । यस विभाग नितान्त जनताका हितमा लागिरहेको छ । कुनै पनि पदार्थको गुणस्तर निर्धारण र त्यस पदार्थमा गुणस्तर चिह्न प्रदान गर्ने कार्य यस विभागबाट हुने गर्दछ । नापतौलका सन्र्दभमा हामीले मुख्य रुपमा दुई किसिमले कार्य गर्दै आएका छौँ । जसमा एउटा वैज्ञानिक नापतौल रहेको छ । यसमा गुणस्तर बढावा दिनका लागि कसरी मापनको प्रयोग गर्ने भन्ने कुराको मुख्य रुपमा रहन्छ यसका लागि हामीले साइन्टिफिक मेट्रोलोजी ल्याबबाट हामीले सेवा दिइरहेका हुन्छौँ यसबाट दिइने सेवालाई क्यालिब्रेसन सेवा भनिन्छ । यो कुनै पनि उद्योगले उत्पादन गरेका वस्तुहरुको मापनमा सहि छ कि छैन ? भनेर वस्तुको मापन गर्ने गरिन्छ त्यस्तै अर्को कानुनी नापतौल रहेको छ । व्यवसायिक कारोबारमा कानुनी नापतौल अनिर्वाय रहन्छ । कुनै पनि उद्योगले उत्पादन गरेका सामग्री तयार गरेपछि त्यसको नापतौल नगरी बजारमा कारोबार गर्न पाइँदैन । हामीले यस विभागबाट सर्वसाधरणको स्वस्थ्य र सुरक्षाका लागि हालसम्म १२ वटा वस्तु र प्रक्रियालाई अनिवार्य गुणस्तर तोेकेका छौँ ।
० गुणस्तरीय सामग्री बजारमा ल्याउनका लागि सरकारले कस्ता नीति ल्याउनु पर्ला ?
कुनै पनि उत्पादित तथा आयातित वस्तु, प्रक्रिया, पदार्थहरु गुणस्तरयुक्त छ भनेर प्रमाणित गर्ने र त्यसमा गुणस्तर चिह्न प्रदान गर्ने कार्य नेपाल गुणस्तर तथा नापतौल विभागले गर्ने गर्दछ यो नितान्त जनहितका लागि गरिने कार्य हो । उपभोक्ताहरु ठगीमा नपरून् र कुनै पनि दुर्घटनामा नपरून् तथा स्वस्थ्य सुरक्षाका दृष्टिले पनि सुरक्षित होस् भन्ने उद्देश्यले यस विभागबाट गुणस्तर प्रमाणित गरेपश्चात गुणस्तर चिह्न प्रदान गर्ने गरिन्छ । बजारमा प्राप्त कतिपय सामग्रीहरुको गुणस्तरका सम्बन्धमा कतिपयलाई थाहा भए पनि धेरैलाई थाहा नहुन सक्छ तसर्थ गुणस्तरका सम्बन्धमा सम्पूर्ण जनताहरुलाई सुसूचित गराउन आवश्यक रहेको छ । उत्पादित वा आयातित सम्पूर्ण वस्तु तथा पदार्थहरुमा गुणस्तर चिह्न प्रदान गर्नु पनि आवश्यक रहेकाले यस सम्बन्धमा सरकारले ध्यान पु¥यान सके राम्रो हुने थियो ।
० अनुगमन कम हुन्छ र भए पनि पहिल्यै खबर गरेर जाने चलन छ भन्छन् नि ?
खबर त पत्रपत्रिका तथा मिडियाबाट नै पहिला आउने गरेको छ । अनुगमन हुने भयो भने पछि व्यापाकरुपमा हल्लाखल्ला हुन्छ । यो अनुगमन हुन्छ भन्ने एउटा जानकारी पहिल्यै बाहिर आइसक्छ । यसलाई गलत रुपमा मात्रै लिन पनि मिल्दैन । अनुगमन हुँदै छ भन्ने जानकारी पाएपछि मान्ेछहरु सतर्क हुन्छन् । गल्ती गर्न छाड्छन् । यसले पनि सकारात्मक फाइदा पु¥याइरहेको हुन्छ । अनुगमन गर्न जाँदा यसैकोमा जाने भन्ने त पहिला आउँदैन । तसर्थ अनुगमन हुँदै छ भन्ने हल्ला आउनु गलत होइन ।
० सरकार परिवर्तन भएको बेला र चाडबाडमा मात्रै अनुगमन हुन्छ भन्छन् । किन ?
त्यस्तो होइन । बजार अनुगमन वर्षैभरी भइनैरहन्छ । यो एउटा नियमित प्रक्रिया हो । चाडबाडको बेलामा स्वभाविकरुपमा बढी हुन्छ । अन्य समयमा पनि भइरहेको हुन्छ । हाम्रो स्रोत र साधनले भ्याएसम्म वर्षभरी नै अनुगमन भइरहेको हुन्छ ।
० कारबाही खासै हुँदैन भन्छन्, किन ?
नापतौलतर्फ त तोकिएको कानुनी कारबाही छ । आवश्यकताअनुसार कारबाही भइरहेको पनि छ । नीतिगत व्यवस्थाअनुसार कारबाही भइरहेको छ । अन्य विभिन्न क्षेत्रमा पनि अनुगमन हुने हुनाले सबै क्षेत्रमा कारबाहीको एउटै प्रकृति नहुन सक्छ । कानुनले नै दण्ड सजाएको ब्यवस्था गरेको छ । प्रभावकारी कारबाही चाहिँ हुन सकेको छैन ।
० गल्ती गर्नेले पनि कमजोर कानुनी व्यवस्थाका कारण उन्मुक्ति पाएको भन्ने सुनिन्छ । त्यो सत्य हो ?
धेरै काम गर्दा कहिँकतै त्यस्तो पनि भएको हुन सक्छ । कानुन बनाउने बेलामा पनि सबै कुरामा ध्यान नपुगेका पनि हुन सक्छ । यसर्थ यी सबै कुराहरुलाई दृष्टिगत गरी समयसापेक्ष हुने खालको कानुनी व्यवस्था गर्न नयाँ कानुनको तर्जुमा भइरहेको हो । कानुनी सुधारका लागि सुरु भएको यो तयारी अहिले अन्तिम चरणमा नै पुग्न लागेको छ । हाल यस सम्बन्धी मस्यौदा बनिसकेको छ । अब छिट्टै त्यो कार्यान्वयनमा आउने हाम्रो अपेक्षा छ ।
० यस विभागले कुन कुन क्षेत्र हेर्दै आएको छ ?
हामीले गर्ने कार्य निश्चित छन् । एउटा नाप्ने÷तौल्ने र अर्को नेपाल गुणस्तर अंकित वस्तुको प्रमाणित गर्ने हो । यी कार्य विभागवाट तदारुकताकासाथ भइरहेका छन् ।
० नेपाल गुणस्तर चिह्न प्रयोग भएका सामान गुणस्तरीय हुन्छ, भन्ने आधार के ?
यसमा विश्वस्त भए हुन्छ । नेपाल एनएसको मापदण्ड पालना नभएमा हामी अनुमति खारेजसम्मको कारबाही गर्छौँ । ती सबैले गुणस्तर सम्बन्धी मापदण्ड पार गरेकै हुन्छन् । त्यसका हामी समय समयमा अनुगमन गरिरहेका पनि हुन्छौँ ।
० अनुगमनका क्रममा के कस्ता समस्या बढी आउ“छन् ?
नाप तौलतर्फको मुख्य समस्या भनेका नाप्ने–तौल्ने यन्त्रको इजाजत नलिने, नवीकरण नगराउने हो । यस्तै इन्धनको क्षेत्रमा कम परिमाणमा इन्धन दिनेजस्ता काम भइरहेको छन् । यसको नियन्त्रणका लागि हामी सक्रियतापूर्वक लागिरहेका छौँ । एउटा निश्चित मापदण्डमा रहनै पर्ने हुन्छ । नगर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइन्छ ।
० विभागले आगामी दिनमा नया“ के गर्दै छ ?
हामी विशेष गरेर राष्ट्रिय गुणस्तर तर्जुमा गर्ने कायम गर्ने लागेका छौँ । विद्युतीय सामग्री, फुटवेयरलगायत विभिन्न वस्तुहरुमा गुणस्तर तर्जुमा गर्ने कार्यमा जुटेका छौँ । यस्तै खाद्य वस्तुको प्याकेजिङमा आवश्यक पर्ने वस्तुहरु तयार गर्ने कार्य अगाडि बढाएका छौँ । यस्तै हलमार्किङ सेन्टरहरु तयार गर्ने प्रक्रियामा छौँ । विशेषगरेर उद्योगहरुले तोकिएको मापदण्डअनुसार काम गरे÷ नगरेको अनुगमन भइरहेको छ । पछिल्लो समयमा फलामेडन्डी, तेल, खाद्यान्न आदिमा हुने कम तौल र मिसावटका कुराहरुलाई विशेष ध्यान दिइरहेका छौँ । विभागको मुख्य जिम्मेवारी भनेकै बजार अनुगमन गर्ने, वस्तुको नाप, तौल निर्धारण गर्ने, तोकिएअनुसार बजारमा गुणस्तरीय सामग्रीको बिक्री वितरण भए÷ नभएको अनुगमन गर्ने, दोषीलाई कारबाहीको सिफसिरस गर्ने नै हो । यसका लागि आधुनिक यन्त्र र प्रविधिको आवश्यकता पर्दछ । यसका लागि हामीले केही थप उपकरण ल्याएर प्रयोगशालालाई सुदृढ र समुन्नत बनाउँदै छौँ ।
० तपाईको आगामी योजनाहरु के छ ?
स्ट्यान्डर्ड टेस्टिङलाई थप परिस्कृत गर्ने हाम्रो योजना छ । यसबाहेक प्रयोगशाला स्तरोन्नति गर्ने, दुई पक्षीय व्यापारका लागि सहजकर्ताको भूमिका खेल्ने, दुई पक्षीय सम्झौता र निकासी व्यापार प्रवद्र्धनमा सहयोग गर्ने आदि नै हो । नेपालको गुणस्तर तथा नाप तौल विभाग र भारतको गुणस्तर सम्बन्धी काम गर्ने निकाय ब्युरो अफ स्ट्यान्डर्डसबीच आयात निर्यातको क्रममा प्राविधिक समस्या छ÷छैन त्यो हेर्ने र आवश्यक परीक्षण गरी त्यसको पत्ता लगाउने विषयमा दुई देशका सम्बन्धित संस्थाबीच आपसी सहकार्य गर्ने सहमति भएको हो । यसमा नेपालतर्फको परीक्षण हामी र भारततर्फको उनीहरुले गरी कुनै पनि वस्तु आयात÷निर्यात गर्न सकिन्छ । यसले नक्कली सामान आयातको सम्भावना कम गर्छ । सहमति अनुसार यसको कार्यान्वयन पनि छिट्टै सुरु हुने क्रममा छ ।
० अन्त्यमा… ?
अन्त्यमा यस तामाकोशी साप्ताहिक पत्रिकामार्फत सम्पूर्ण उपभोक्ताहरुलाई गुणस्तर चिह्न अंकित सामग्रीहरु प्रयोग गर्न आग्रह गर्दछु । साथै गुणस्तर चिह्न प्रदान गरिएका सामग्रीहरुमा कुनै कमी कमजोरीहरु रहे वा कम गुणस्तरका सामग्रीहरु पाइएको खण्डमा गुणस्तरका कार्यलय वा उपभोक्ता अधिकारकर्मीहरुमार्फत उजुरी वा गुनासाहरु व्यक्त गर्न पनि आग्रह गर्दछु ।