सहकारी दिवसमा म्याग्दीमा तिने दिने कार्यक्रम सुरु

समाचार

म्याग्दी– ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले ३ दिने तालिम कार्यक्रम संचालन गरेको छ । दिवसका अवसरमा पहिलो दिन चैत १६ गते ऋण विश्लेषण तालिम, दोस्रो दिन चैत १७ गते सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम र तेस्रो दिन चैत १८ गते समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।
तीन दिनसम्म संचालन भएको कार्यक्रमको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सोमबार उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै जिसीले नेपालमा सहकारीको औपचारिक शुभारम्भ भएको दिन चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसका रूपमा मनाइँदै आएको र दिवसका सन्दर्भमा सबै सहकारी संघ संस्थाहरूले सकारात्मक सन्देश दिने गरी गतिविधि गर्नुपर्नेमा जोड दिएका छन् । सहकारीहरूको योगदानको समीक्षा, सुधार गर्नुपर्ने पक्षका विषयमा छलफल तथा सहकारीमार्फत समाज रुपान्तरणमा गर्न सकिने योगदानबारे अन्तरक्रियालगायत रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी दिवस मनाउन उनले सबै सहकारी संघ÷संस्थाहरूलाई आह्वान गरे ।
सहकारीहरूले सदस्यको आर्थिक सामाजिक रुपान्तरण हुने गरी कार्यक्रम गर्नका लागि संस्थालाई व्यवस्थित, प्रभावकारी र पारदर्शी तरिकाले सञ्चालन गर्नु पर्नेमा जोड दिँदै जिसीले प्रविधिको प्रयोगमार्फत सहकारीलाई अगाडि बढाउनु पर्ने बताएका छन् ।
कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेम बहादुर कार्की (दिपक बिखर्ची) को अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीको स्वागत र सचिव ज्योति लामिछानेको संचालनमा सम्पन्न भएको थियो ।
ऋण व्यवस्थापन तालिमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीका निवर्तमान कोषाध्यक्ष नारायण आचार्यले गरेका थिए । सहकारीका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिममा नेफ्स्कुनका निवर्तमान सञ्चालक भीम गुरुङले सहजीकरण गरेको संघले जनाएको छ ।
राष्ट्रिय सहकारी दिवसका दिन चैत २० गते जिल्लाका सहकारी संघ संस्थाका प्रतिनिधिहरूको सहभागितामा मुल समारोह आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *