कम्प्युटर सफ्टवयर प्रयोग गरी कम्प्युटर अथवा कम्प्युटर सञ्जालमा टाढै बसेर सिमुलेटेड गरी देखाउने बिकासलाई भर्चुयल बिकास भनिन्छ । कोरोना कालमा अरु सबै व्यवसायहरु ध्वस्त भए पनि सञ्चार प्रविधिमा आधारित व्यवसायहरु धेरै चम्केका छन । उक्त फिल्डका व्यवसायीहरुका लागि कोरोना काल वरदान नै सावित भएको छ । नेपालका प्रधानमंत्री ओली सानै देखि राजनीतिमा लागेका हुनाले औपचारिक शिक्षा लिनु भएको छैन तैपनि सूचना प्रविधिको उपयोग गर्ने निकै अगाडि छन । उहाँले नेपाल सरकारको नेपाली जनतालाई सेवा दिने काममा सूचना प्रविधिको उपयोग गर्न जोड दिएका छन । नेपाल सरकारको मंत्रीपरिषदको बैठकमा पनि कम्प्युटर र कम्प्युटर सञ्जालको अत्येधिक उपयोग गर्नको लागि सबै मंत्रीहरुलाई प्रोत्साहित गरेका छन । कोरोनाको त्रासले गर्दा गत एक बर्ष देखि नै नेपालका नेताहरु र निजामति सरकारी अधिकारीहरुको बिदेश भ्रमण रोकिएको छ । त्यसको बदलामा कम्प्युटर सफ्टवयर र कम्प्युटर सञ्जालको अधिकतम प्रयोग गरी परराष्ट्र सम्बन्धलाई प्रभावकारी ढंगले अगाडि बडाएका छन । नेपाल सरकारको मंत्रालयहरु, बिभागहरु र अन्य सम्पूर्ण कार्यालयहरुको काम कार्यबाहीमा सूचना प्रविधिको अधिकतमा उपयोग अहिले भएका छन । नेपालका बैंकहरुले मोवाईल फोन मार्फत हुने आफ्नो बैंकिङ कारोवारलाई बढाएका छन भने कोरोनाको डरले पहिले चलेको एटीम बैंकिङ कारोवारमा धेरै कमी आएको अवस्था छ । नेपालबाट अब एटीएम बैंकिङ सेवा कलर फोटो ल्याव जस्तै लोप हुने अवस्थामा पुग्नै लागेको छाँट छ । एकातिर कोरोनाले गर्दा भर्चुयल बैंकिङ कारोवार बढेको छ भने अर्कोतिर नेपाल सरकारले पनि परम्परागत बैंकिङ सेवालाई झन स्मार्ट बनाउनका लागि जोड दिएका छन । सूचना प्रविधिको बिकास राम्रो भएपनि यो सुरक्षित भने हुँदैन । कम्प्युटर सञ्जालमा भएका सरकारी गोप्य जानकारीहरु सजिलै चोरी हुन सक्ने संभावना हुन्छ । अर्को तर्फ कम्प्युटर सफ्टवयर र हार्डवयर तिब्र गतिमा पुरानो हुँदै जाने भएकाले नियमित नयाँ भर्सनहरु किन्न र अद्यावधिक गर्न राज्यले खर्च गरी राख्नु पर्छ । अन्यथा कम्प्युटरले काम गर्न छाडी नयाँ नयाँ कम्प्युटर सफ्टवयरहरुको उपयोग गर्न सकिने छैन । कम्प्युटरको अपरेटीङ सफ्टवयर पनि नियमित आद्यावधिक गरेकै हुनुपर्छ । सारंसमा भन्नु पर्दा नेपाल राष्ट्रको अत्यधिक डिजिटलकरणले नेपालको बिदेशी आपूर्ति माथिको निर्भरता बढेर जान्छ र सधैनै खर्च गर्नु पर्ने हुन्छ । बिदेशी आपूर्ति कर्ताहरु र उत्पादन कर्ताहरुको व्यापार बढाउँछ भने नेपाल राष्ट्रको खर्च बढेकोबढेकै गर्ने भएकाले मुलुकको परनिर्भरता लगातार बढेर जान्छ । नेपाल मात्र होइन संसारकै नेपाल जस्तै गरिब मुलुकहरु यसरी नै बिदेशी धनी मुलुकहरुको व्यापार सञ्जालको कूचक्रमा पर्दा अखिरमा राष्ट्रको खर्च धान्न नसकेर धरासायी हुन्छन । नेपाल अहिले कन्जुमर मुलुकमा रुपान्तरण भएको छ भने अमेरिका जस्तो धनी राष्ट्रहरु उत्पादक मुलुक बनेका छन । नेपालले यस्तो बिदेशी अयासी साधन र सामाग्रीहरुको आयात खर्च धान्नकै लागि पनि आफ्नो नागरिकहरुलाई सस्तोमा वैदेशिक रोजगारीमा पठाएको पठाएकै गर्नु पर्ने मात्र होइन लगातार बढाउने कोशिस गर्दैरहनु पर्ने हुन्छ । संसारमा नेपाल जस्ता साना मुलुकहरु धेरै छन तर उनीहरुको नीति पहिले देखि नै राम्रो भएको हुँदा आर्थिक हिसाबले समृद्ध राष्ट्र बनेका छन । उदाहरणको लागि दक्षिण एशियाली राष्ट्रमा इजरायल छ भने युरोपमा स्वीजरलैंड लगायत अन्य धेरै समृद्ध राष्ट्रहरु छन । उक्त मुलुकहरु सबै उत्पादक राष्ट्रहरुमा पर्दछन र संसार भर आफुले उत्पादन गरेको सामाग्रीहरु बेचेर प्रभाव देखाएका छन । नेपाल सित पनि प्राकृतिले दिएको जमिन, जंगल, जल र जनशक्ति सबै छन तर वेईमान राजनीतिक नेतृत्वले गर्दा सबै खेर गएका छन र त्यसलाई सम्हालेर राष्ट्रको हितमा प्रयोग गर्न सकिएको छैन । बिशाल चीन लगायत अन्य साना एसीयाली मुलकहरुले ठुलो फड्को मारीसकेको यो बेलामा हाम्रो महान मुलुक नेपाल भने बिदेशीका दलाल नेताहरुको चंगुलबाट पनि उम्किन सकिरहेको छैन । एकपछि अर्को गर्दै तिनै बिदेशीका दलाल नेताहरुको शासनको कूचक्रमा नेपाल पर्दैगरेको हुनाले नेपाल समृद्ध राष्ट्र बन्ने नेपाली जनाता सुखी हुने कुरा राजनीतिक नारामा मात्रै सीमित भएका छन । नेपालमा डिजिटल युग सुरु भएपनि सबै नेपाली जनताको पहुँच त्यसको उपयोगमा पुग्दैन । सबै नेपाली जनता पढेलेखेको नहुनाले नेपालको बैंकहरु र सरकारी कार्यालयहरुमा उपलव्ध डिजीटल सुबिधाहरुको सहि उपयोग गर्न सकेको छैन । सहरी ईलाकामा बसोबास गर्ने शिक्षित नेपालीहरुले समेत साधन स्रोतको अभावमा उक्त डिजिटल सुबिधाको सम्पूर्ण फाईदा उठाउन सकेको छैन । केहि महिना अगाडि देखि नेपालको पुँजी बजारमा डिजिटल सेवाले ठुलो उछाल ल्याएको छ । साधन स्रोत पुग्ने र प्रयाप्त ज्ञान भएकाहरुले पुँजी बजारमा उपलव्ध बिभिन्न संस्थाहरुको शेयरमा लगानी गरी धेरै नाफा कमाएका अनेक उदाहरणहरु छन । बिगत लामो काल सम्म न चम्केको नेपालको पुँजी बजार नयाँ अर्थमंत्रीमा श्रीमान बिष्णु पौडेल आउने बित्तिकै उछालका अनेक नयाँ रिकर्डहरु बनाईरहेको छ । कम्प्युटर सञ्जाल र सफ्टवयरको सुबिधा भएको सहरमा बस्नेहरु केहीले राम्रै सित कमाउन सफल भएका छन भने कतीलाई जानकारी सम्म पनि छैन । नेपालको पुँजी बजारमा अहिले भइरहेको शेयरको कारोवार कम्प्युटर सञ्जाल, कम्प्युटर सफ्टवयर र मोवाईल फोन मार्फत हुने भरर्चुयल व्यापार नै हो । यसबाट लाभ उठाउन चाहानेहरु सित उल्लेखित सबै साधन स्रोत उपलव्ध हुनुपर्छ र त्यसलाई परिचालन गर्नसक्ने ज्ञान पनि हुन जरुरी छ अथवा त्यस्तो ज्ञान भएको संस्था वा व्यक्तिको सहयोग लिनु पर्छ । ठुला बैठक, सभा र सम्मेलनहरु पनि आजकल भर्चुयल नै हुने गरेका छन । सहभागीहरु आफै उपस्थित हुन नसकेपनि वा नपाएपनि कम्प्युटर सञ्जाल र सफ्टवयर मार्फत सिमुलेट गरी स्वयम सशरीर उपस्थिति भएसरह झल्को दिने गरिन्छ । प्रमं ओलीको नेतृत्वमा नेपाल सरकारले पनि यस्ता धेरै भर्चुयल अन्तर्राष्ट्रिय बैठकहरु, सभाहरु र समारोहमा भाग लिएको छ जुन कुरा कोरना महामारीले गर्दा भौतिक रुपमा संभवनै थिएन । नेपालमा पनि अहिले कम्प्युटर सञ्जाल र सफ्टवयर गाउँगाउँमा फैलिसकेको छ भने सञ्चारको व्यवस्था पनि निकै भरपर्दो बनेको छ त्यसैले मोबाईल फोनको उपयोग निकै बढेको छ । यहि फैलिएको सुबिधाको फाईदा उठाउँदै नेपालमा प्रमं ओलीको नेतृत्वमा चलेको नेपाल सरकारले परियोजनाहरुको शिलान्यास देखि त्यसको उद्धघाटन सम्म भर्चुयल रुपमा नै गर्ने चलन चलाएका छन । यसबाट राष्ट्रको खर्चमा निकै कमी आएको छ भने कोरोना महामारीबाट पनि सजिलै बचाउ गर्न सकिने भएको छ । आजकल रिमोट कन्ट्रोलको बटन थिचेरै परियोजनाहरुको शिलान्यास र उद्धाघाटन गर्ने क्रम सरकारले धेरै बढाएको छ । केही समय अगाडि सरकारले यसरी बटन थिचेरनै नेपाल भरी कैयौं अस्पातल भवनहरु बनाउने परियोजनाको शिलान्या गरेका थिए भने हालै प्रमं ओलीले यसरी नै १६५ सडक परियोजनाहरुको शिलान्यास गरी आफ्ना बिरोध गर्नेहरुलाई चकित नै तुल्याईदिएका छन । मोबाईल फोनको बटन दबाएर नै बैंकहरुले फण्ड ट्रान्सफर गर्न सकिने सुबिधा उपलव्ध गराएको हुनाले नेपाली व्यवसायीहरु र व्यक्तिलाई पनि निकै सुबिधा भएको छ । पेपर वर्कको झन्जट र बैंकमा धाउनु पर्ने झन्जटबाट अब बिस्तारै नेपाल पनि अन्य राष्ट्रहरुमा जस्तै मुक्त हुने भएको छ । नेपालको पुँजी बजार फस्टाउनमा पनि यहि सुबिधाको ठुलो हात रहेको कुरा प्रष्ट नै छ । पेपर वर्क गर्ने, बैंकमा धाउने र लाईनमा उभिने सबै झन्जटहरुबाट नेपाली जनता र नेपाल राष्ट्र मुक्त बन्दै गएको छ भने महत्वपूर्ण समयको निकै बचत भएको छ । सबै कुराको राम्रो र नराम्रो दुबै पाटो हुनेहुँदा त्यसलाई कसरी प्रयोग गर्ने र के फाइदा लिने भन्ने कुरामा उपभोक्ता स्वयम नै सचेत हुनु पर्छ । नेपाल जस्तो भ्रष्टाचार र अपराध धेरै हुने मुलुकमा यो प्रविधिको पनि दुरुपयोग हुने वा गरिने धेरै संभावना छ । केही नेपालीहरु इमान्दार नभएको हुनाले मिलोमतोमा उपलव्ध प्रविधिको फाइदा लिने र दिने गर्दछन त्यसैले सरकारले आफ्नो निगरानी पनि उत्तिकै चुस्त र दुरुस्त बनाउदै जानु पर्ने हुन्छ नत्र पछि ठुलै धोका पाउन पनि सक्ने संभावना छ । बटन दबाएको भरमा नै हुने वा गरिने कार्यको कसैले दुरुपयोग गरेमा त्यसलाई बेलैमा पत्ता लगाउन सकिने र कानुनी कार्यबाही गर्न सकिने व्यवस्था गर्नु पर्छ । अहिले नेपालको पुँजी बजारमा कालोधनको प्रयोग निकै बढेको छ यो पनि प्रविधिको दुरुपयोग नै हो । नेपाल सरकार पर्ख र हेर को स्थितिमा छ किनकि लामोकाल सम्म थन्किएर बसेको कालो धन बैंकिङ प्रणाली भित्र आएका छन । जँहा सम्म कार्यबाही गर्ने कुरा त्यसको संभावना सधै कायमै रहने भएकाले स्रोतको पहिचान गरी जुनसुकै बेलामा पनि अपराधीहरुलाई कार्यबाहीको दायरा भित्र ल्याउन सकिन्छ । नेपालले प्रमं ओलीको नेतृत्वमा सूचना प्रविधिको क्षेत्रमा ठुलै फड्को मारेको छ । नेपालमा पनि बिश्वस्तरिय बैंकिङ सेवा र कारोवार हुनु र चल्नु निकै गर्विलो बिषय नै हो । कोरोना कालले गर्दा पनि नेपालमा सूचना प्रविधिको बिकास गर्नमा ठुलो योगदान भएको छ । भौतिक बिकास र भर्चुयल बिकासमा ठुलो अन्तर रहेको हुन्छ । अहिले नेपाल सरकारले सूचना प्राविधिको उपयोग गरी गरेका सबै शिलान्यास र उद्धघाटनहरुले भौतिक बिकासको रुप लिन सक्ने वा नसक्ने भन्ने कुरा निश्चित छैन । भर्चुयल बिकासको लागि बजेटको जरुरत छैन भने भौतिक बिकास बजेट बिना संभव हुँदैन । त्यसैले प्रमं ओलीबाट शिलान्यास भएका भर्चुयल बिकासलाई भौतिक बिकासमा रुपान्तरण गरी मूर्त रुप दिनको लागि धेरै बजेटको व्यवस्थापन गर्नु पर्ने हुन्छ । साथै तोकिएकै बजेट र समय भित्र नै भौतिक बिकासको कार्य हुने वातावरण पनि नेपालमा बनाउनु पर्छ अन्यथा नेपालमा हुने गरेको वेरोकटोकको भ्रष्टाचार र अपराधले गर्दा भौतिक बिकासले राष्ट्रलाई आबाद होइन बरबाद बनाउने छ ।