दोलखा जिल्लाको धार्मिक एवं पयंटकीयस्थल

पर्यटन

.
– निराजन थापा
काठमाडौंबाट करिब १३२ किलोमिटर टाँढा उत्तरपूर्वमा रहेको दोलखा जिल्लाको सदरमुकाम थिमोशोर अथवा चरिकोट पुग्न सवारी साधनमार्फत् ६ घण्टा जति लाग्छ । र त्यस ठाउँबाट माथि कालिञ्चोकस्थित पलाञ्चोक भगवती पुग्न सवारी साधनमार्फत् जाने हो भने २ घण्टा लाग्छ । तर, पैदल यात्रा हिँडेर जाने हो भने ६ घण्टाजति लाग्छ । कालिञ्चोक अत्याधिक चिसो हुने ठाउँ हो । त्यस ठाउँमा जुनसुकै समयमा पनि जाडो हुन्छ । जाडोको सिजनमा कपडाहरू लैजान आवश्यक पर्छ । विशेषगरी त्यस ठाउँमा विभिन्न रमणीय स्थल भएको कारणले पनि कालिञ्चोक त्यत्तिकै महत्वपूर्ण ठाउँ वनन पुगेको छ ।
कालिञ्चोकको अर्को पर्यटकीय ठाउँ कुरी भिलेज छ । कुरी भिलेजको कारणले पनि त्यतिकै प्रसिद्ध वनन पुगेको हो । कुरी भिलेजबाट पैदल हिँडेर पलाञ्चोक भगवती जाने हो भने ३० मिनेटमात्र हिँड्नुपर्छ । केवलकारमा जाने हो भने ४ या ५ मिनेटमा त्यस ठाउँमा पुग्न सकिन्छ । त्यस ठाउँमा पुगेपछि साँच्चिकै एकदमै रमाइलो र सुन्दर लाग्छ त्यो ठाउँ कालिञ्चोक भगवति मन्दिरबाट गौरीशंकर हिमाल नजिकै र एकदम सफा देखिने हुदाँ त्यस ठाउँ त्यतिकै सुन्दर देखिन्छ । अभm हिउँ पर्ने सिजन हुने हो भने त्यस ठाउँ अवलोकन गर्नेहरूको लर्को नै लाग्ने गर्छ ।
कालिञ्चोक पलाञ्चोक भगवती मन्दिरको डाडाँबाट हेर्ने हो भने पुर्व,पश्चिम, उत्तर र दक्षिण सबै क्षेत्रहरू देखिने भएकाले पनि कालिञ्चोक एकदमै रमाइलो र सुन्दर स्थान मानिन्छ । त्यहाँ फिल्म सुटिङ, भिडियोहरू सुटिङको लागि पनि एकदमै आकर्षक रहेको छ । विशेषगरी त्यस ठाउँमा पाइने चौँरीगाईको नरम रसिलो अनि स्वादिष्ट छुर्पी र वातावरण पनि त्यतिकै सफा सुग्गर र रमाइलो सुन्दर भएको कारणले पनि राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटकहरू त्यस ठाउँमा जाने गर्दछन् । कालिञ्चोक अवलोकनका लागि जेठ, असार, भदौ, असोजमहिना एकदमै उपयुक्त छ र हिउँमा रमाउनेलगायत पर्यटकीय स्थलको बेग्लै महशुस गर्ने हो भने पुस, माघजस्ता जाडो महिनामा एकदमै उपयुक्त मानिन्छ । कालिञ्चोक र मन्दिरदेखि गौरीशंकर हिमाल, भीमेश्वर मन्दिर, खरिढुंगाको फिलिमीडाडाँ क्षेत्रदेखि मुरेहुँदै खरिढुंगाको यस्तै सैलुङ्गको क्षेत्रमा लालीगुराँस ढकमक्क फुलेको देखिन्छ । दोलखामा विभिन्न धार्मिक स्थलदेखि रमाइलो हरियाली डाँडाकाँडा, सुनसान मैदान हुँदै, भेनापोखरी, जिरी अप्पर– तामाकोशीजस्ता ठाउँ रमाइलो वातावरणीय स्थलको रूपमा दोलखा कालिञ्चोकलाई लिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *