सशस्त्र प्रहरीभित्र मिसनमा पठाउने सामान गायव

समाचार

काठमाडौं– तत्कालीन गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीका आइजिपी अचुतकृण खरेललाई आइजिपीबाट हटाएर ध्रुवबहादुर प्रधानलाई आइजिपी बनाएदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा राजनीति घुसेको छ । त्यहीबेलादेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जागिर खाएका क्षमतावान व्यक्तिले संगठनको नेतृत्व सम्हाल्न सकेका छैनन् । खाली राजनीतिक दलको झण्डा बोकी नेताको वरिपरि घुम्ने, नेताको चाकडी गर्ने व्यक्ति मात्र नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी भएका छन् ।
संगठनलाई चाहिने र संगठनको हित गर्ने, संगठनको वृत्ति विकास गर्न सक्ने, संगठनलाई चुस्तदुरुस्त बनाउने सक्ने व्यक्ति सशस्त्र प्रहरी र नेपाल प्रहरी आइजिपी बन्न नसक्ने बिडम्बनाबाट प्रहरी संगठन गुज्रिरहेको छ । खाली राजनीतिक दल छायाँमा बसेर लामोसमय नेपाली कांग्रेसको सरकारको पालामा होस् चाहे एमाले सरकारको पालामा होस्, चाहे माओवादी सरकारको पालामा होस् खाली राजनीतिक दलको झण्डा बोक्ने र राजनीतिक दलको नेताको अघिपछी लाग्ने मात्र बढुवा हुने गरेका छन् । स्वतन्त्र विचार भएका, क्षमता भएका प्रहरी नेतृत्व कोही कसैले पनि स्थान पाउन सकेका छैनन् । कहिलेकाही कथंकदाचित बढुवा वा सरुवा भएमा पनि राम्रो स्थान नदिइने, काम नलाग्ने ठाउँमा पठाउने गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारी क्षेत्रदेखि राज्यको स्वामित्व भएको संघ÷संस्थानसम्म राजनीतिक दलको कार्यकर्ता पोस्ने थलोको रूपमा स्थापित भएको छ ।
यस्तै, सशस्त्र प्रहरी कार्यालय हलचोकको एउटा शाखाबाट गाडिको पार्टपूर्जा नै गायव भएको छ । प्रहरी कार्यालकाय स्टोर शाखामा कडा सुरक्षाबीच राखिने गाडिका पार्टपूर्जा हराउनुलाई धेरैले अचम्म मानेका छन् । स्रोतका अनुसार नेपालबाहिर शान्ति मिसनमा जाने र सवारी शाखामा स्टोर गरी राखेका ती सामग्री हराएका हुन् । विदेश पठाउनका लागि कल्याणकारी सेवाले खरिद गरेको गाडिको पार्टपूर्जाहरू सवारी शाखाका प्रमुख एसपी प्रमोदकुमार शाहको मिलेमतोमा सहायक हवल्दार राजन भट्टराईले खुलेआम सवारी शाखाकै गाडिमा राखेर बाहिर लागेर बेच्दा पनि कसैले थाहा नपाएको जस्तो गरी बस्ने गरेको स्रोतको भनाइ छ । यसरी केही व्यक्तिले निजी स्वार्थका लागि कार्यालयभित्रको गाडिको पार्टपूर्जाको सुरक्षा गर्न नसक्ने सशस्त्र प्रहरी संगठन मुख्यालयले जनता र देशको के सुरक्षा गर्ला ? भन्ने प्रश्न उठेको छ । यस्तै, विभिन्न निकायका महती तथा सेवा निर्देशनालयअन्तर्गत लेखा शाखामा पनि अनियमिता भइरहेको छ ।
त्यस्तै, विरेन्द्र शाही नाम गरेका एक जवान निर्देशनालयका प्रमुख नै आफू रहेको ठान्दछन् । लेखाको काम भन्दै आफ्नो व्यक्तिगत कामका लागि हिँड्ने गरेका छन् । महिनामा १ देखि २ लाखसम्म कमाई गर्छु भन्दै साढे झैँ हिँड्न थालेका छन् । कार्यालय प्रमुखले थाहा पाएर पनि नपाएजस्तो गरी बसेका छन् । उनका आफन्त पर्ने काका दाइ ठूलो पोस्टमा रहेकाले सशस्त्रका आइजिपीसमेतलाई हल्लाउने पावर आफूसँग रहेको जवानको दाबी रहेको छ । लेखा शाखाको स्टोर सम्हालेका जवानले आफू निकटलाई मात्र स्टोरको समान वितरण गर्ने, तर अन्यलाई छैन भन्दै पन्छाउने काम गर्दै आएका छन् ।
आब ०७६÷७७ मा निर्देशनालयले ठूलो परिमाणको गाडीको पार्टपूर्जा खरिद गरेको र बिल प्राप्त भए पनि सामान भने आएको छैन भन्दै अडित गराउन देशभरिका गाडीको नाम राखेर अडित पास गराउने एसटी नवराज राउत रहेका छन् । यसको छानविन कसले गर्ने ? राजस्व कार्यालयले कारबाही गरेको सवारीसाधन केहीमात्रमा सशस्त्र प्रहरीको बल्खु अस्पताल नजिक पार्किङ गरी राखेको छ । उक्त गाडिबाट अन्य गाडिहरूमा प्रयोग हुने पाटपूर्जाहरू चोरी भएको र उक्त सामान चोरी भएको थाहा पाएपछि समिति गठन गरी छानविन भइरहँदा यता सवारी शाखाका प्रमुख एसपी प्रमोदकुमार शाह हच्किएका छन् । किनकी एसपीको मातहतमा रहेको सो पार्टपूर्जा अन्य व्यक्तिले सजिलोसँग निकाल्न नसक्ने र निजी मेकानिकलहरूले प्रयोग भएको र एसपीको आदेश हुनसक्ने अनुमान धेरैले गरेका छन् । यस्तै ट्राफिकसम्मको समेत भ्रष्टाचार गरी खाएको समाचार स्रोतले बताएको छ । एसपी प्रमोद साहलाई जसले जिन्सी तथा अन्य लाभ गराउँछ उसले अफिसै आउनु नपर्ने अवस्था छ । त्यस्तालाई खान पाउने स्थानमा सिफारिसमा पर्छन् । जस्तैः सवारी शाखामा चालकको रूपमा कार्यरत जवान रिता थापा विगत २ वर्षदेखि सुत्केरी बिदामा बसेको र हालसम्म घरमै बसेर तलब भत्ता लिएकी छन् । रिताको बुढा पनि सवारी शाखामा छन् । सहायक हवल्दार तारा खड्का निज खड्का हाकिमलाई रिजाउन बेला–बेलामा समान पु¥याई राख्छन् र बुढीलाई घरमै राखेर जागिर खुवाउँछन् । आफू विभिन्न भत्ता आउने स्थानका गाडी चलाउन पुग्छन् । आफूलाई समान र आर्थिक लाभ नगराउनेलाई भने पाँचदिन बिदा लेख्दा पनि काटेर ३ दिनमा झार्ने गरेको पीडितले दुःख पोख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *