काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिँदै

समाचार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, भक्तपुर र ललितपुर जिल्ला प्रशासनका सिडिओहरुले छलफल गरी कोरोना रोगको बारेमा छलफल गरी १६ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए । निषेधाज्ञा जारी गर्ने भएपछि आमजनता आप्mनो झिटीगुन्टा बोकी आप्mनो जिल्ला, गाउँ जान गाडीमा कोचाकोच भिड गरेर गाउँ हिँडेका थिए । र, अधिकांश जनताले गाडीको लागि लाइनमा बसी टिकट काट्ने भिड लागे तापनि गाडीको टिकट नपाएर सडक जाम भएको थियो । बस व्यवसायीले पनि पहिलाको भन्दा बढी गरी भाडा लिएका थिए कति जनताले आप्mना स–साना र नाबालक छोराछोरी बोकी घर जानका लागि भिड लागेको थियो उसरी घर जानका लागि जनताले सामाजिक दूरी कायम गरेका थिएनन् । सेनिटाइजर प्रयोग गरेका थिएनन्, बसमा भिडभाड र कोचाकोच थियो । यात्री कोचेका अवस्था थियो जनता घर जान पाइन्छ की पाइँदैन भन्दै भौतारिएको अवस्था थियो तर सरकार भने मूकदर्शक भएर बसेको थियो किनकि सरकारले निषेधाज्ञा जारी गर्नु अघि आमनेपालीलाई सूचना जारी गरी आप्mनो जिल्ला गाउँ जाने नेपालीलाई होसियारपूर्वक जिल्ला जानका लागि सूचना जारी गर्नुपथ्र्यो । कोरोना फैलिएको अवस्था छ र भिडभाड नगर्न र सार्वजनिक यातायात सञ्चालन गर्न होटल, रेस्टुराँ, कलकारखानादेखि अन्य क्षेत्रमा काम गर्ने मजुदरलाई सचेत रहन भनी सूचना जारी गरेर सरकारले निषेधाज्ञा जारी गर्नु पर्नेमा सिधै जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी दिएर निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरेपछि त गाउँ जानेको भिड नयाँ बसपार्कदेखि गौशाला, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, पुरानो बसपार्क हुँदै कलंकीसम्म भिड लागेको थियो । कतिपय बुढाबूढी केटाकेटी अपांगता भएका दाजुभाइ, दिदीबहिनीले गाडी कतिखेर आउँछ भन्दै रुमल्लिएका थिए । यसरी आमनेपाली दिदीबहिनी, दाजुभाइले दुःख बेहोरेका थिए । आमनेपाली जिल्ला जानु भनेको कोरोना रोग गाउँगाउँ फैलाउनु हो । स्थानीय सरकारले पनि ध्यान दिएको छैन प्रदेश सरकार पनि बेखबर भएको छ किनकि नेपालको राजनीतिक दल, कुर्सीको लडाइँमा रुमल्लिएका छन् । प्रदेश स्तरमा सरकार गिराउने र टिकाउने खेलमा राजनीतिक दलका सांसद लागेका छन्, अहिले अधिकांश स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म राजनीतिक जोड घटाउमा लागेको अवस्था छ स्थानीय सरकारले समेत कोरोनाको जानकारी पाएर पनि नपाएजसो गरी राजनीतिक दलको पिछा गरेर स्थानीय स्तरमा कोरोना रोगको बारेमा स्थानीय जनतालाई कुनै जनचेतनामूलक सूचनासमेत जारी गरेको छैन । सूचना जारी गरे पनि स्थानीय जननाले यसतर्फ ध्यान दिएको छैन । खाली रोजीरोटीको सवामा अवाज उठाएका छन्, कोरोना सम्बन्धी बारेमा राजनकारी पाएका छैन । काठमाडौंको सहरमा निषेधाज्ञा जारी गरेपछि आप्mनो रोजीरोटीका लागि काम नपाएर गाउँ जाँदासमेत स्थानीय सरकार बेखबर भएपछि जनता भौतारिएका छन् । यस्तै आमनेपाली रोजीरोटीका लागि भारत गएका थिए र भारतबाट खुलाम्खुल्ला बिनाचेक जाँच नेपाल भित्रिएका छन् । यिनै नेपाल भित्रीएका नेपालीबाट कोरोना थपिएर आमनेपालीलाई सर्ने गरेको छ । स्थानीय निकायले यसको रोकथाम गरेको छैन । न प्रदेश सरकारले यसको तयारी गरेको छ, न प्रदेश सरकारले जनताको हितभन्दा पनि राजनीतिक दलको सरकार कसको बनाउने भन्दै सांसद किनबेचमा लागेको छ । यसरी नेपालको राजनीतिक पार्टीभित्र सत्ता किनबेचको अवस्था फेरि सिर्जना भएको छ राजनीतिक फोहोरी खेलको कारण आमनेपाली जनताले दुःख पाएको अवस्था छ । सरकार नेपाली जनताको अभिभावक हो तर सरकारले आमनेपाली जनतालाई दुःख दिएको अवस्था यस्तै कोरोनाले गर्दा केही नेपाली त्रास भएका छन् भने कतिपय नेपालीले यसको बारेमा जानकारी पाएर पनि नपाएजस्तो गरी निराना पसलदेखि न्यूभिजन पसलसम्ममा भीड लाग्ने गरेको छ । यसरी यो भिडले कतिलाई रोग फैलाउने हो कसैलाई जानकारी छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *