डा.भट्टराई यसरी भए असफल, जसपा विभाजनतर्फ

राजनीति

काठमाडौं– बौद्धिक व्यक्तित्व कम्युनिस्ट पार्टी त्यो पनि माओवादी छाडेर उपेन्द्र यादवसँग जोडिएका डा.बाबुराम भट्टराईको योजना सत्ता लम्पट, पद स्वार्थका धनाढ्य कसैले मानेनन् । समाजवादी नेता महन्थ ठाकुरले त मानेनन् भने प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मान्ने कसरी ? माओवादीबाट भाँडिदा डाक्टरले खोलेको पार्टीलाई भारतरले अर्बौ खर्च ग¥यो । सुरुआतमा खर्चको रमिता देखेर पछि लागेका लोभीहरू पुरानै घरमा फर्किए । डाक्टरको राजनीति खुम्चिँदै गयो । उनले डलर लिएर एमालेबाट भाँडिएका अशोक राईको नेतृत्व, उपेन्द्र यादवजस्ता रौतहट काण्डका नायकसँग डा. जोडिदा हाँसको भीडमा बकुल्लाजस्तै भयो ।
डा.भट्टराईका योजना प्रचण्डको संगठन, मोहन वैद्यको विचारले माओवादी चल्थ्यो भने एमालेले हेप्न सक्ने थिएन । एमाले विचारले खारिएको र नैतिकताले भरिएको होइन । धनले सुन्मिएको, कामहीनले पुष्टिएको शक्ति थियो भनेर यिनै डाक्टरहरूले भन्दै आएका थिए । समयले त्यो पुष्टि भयो, विचौलिया दलालहरूले बालुवाटारको साथ लिएर भारतसँग खरिद गरिएको कोभिड खोप भित्र्याउन दिएनन् । डाक्टरले नयाँ अनुहारलाई प्रधानमन्त्री बनाऊँ, त्यही युवाको जमातले चुनाव गरोस् भन्ने प्रस्ताव गर्दा सुन्ने नेतासमेत भएनन् ।
जसपाको यादव पक्षले ओली शासनलाई रुचाएन । तर, भारतकै निर्देशनमा चल्ने पार्टी खोल्ने महन्थले रुचाए । हृदेयश त्रिपाठी पनि ओली सत्ताकै स्वास्थ्यमन्त्री छन् । यिनले बालुवाटारको हैकम ख्याल गरेका छन् । डा.भट्टराई जहाँ छन् त्यसले न त शासनको बागडोर समाल्छ । जसपाले मधेसमा समेत पक्षपात भएको देख्दैन । नगरिकता नपाउने त्यही छन् । तल्लो जातिमाथि अन्याय गर्ने दलित र गरिबलाई दमन गर्ने, समाजमा बोक्सी हुँदैन भनेर मधेसका नेताले बोलेका छैनन् । जहाँ विद्वानहरू छन् । राजेन्द्र महतो, शरदसिंह भण्डारी, पटकपटक सत्तामा गए । तीनले आफ्नै जिल्लामा परिवर्तनको सिन्को भाँचेका थिएनन् । बरु भ्रष्टाचारबाट संकलित पैसाले आफैँ पुष्टिएका उदाहरण छन् ।
यसैबीच जसपाभित्र देखिएको कलहले पार्टी विभाजन तिर गएको छ । एमालेको कलह जसपामा सरेपछि महन्थ ओलीतिर र उपेन्द्र देउवातिर लाग्दा विभाजनको स्थिति आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *