प्रधानमन्त्रीलाई जसपाले दियो साथ

राजनीति

काठमाडौं– संसदको चौथो दल जनता समाजवादी पार्टीभित्र सरकारका पक्ष र विपक्षीबीचमा भएको लडाइँ पेचिलो बन्दै छ । भारतको आड भरोसाले संसदीय राजनीतिभित्र निर्णायक भएको जसपाले वैशाख महिनामा अनेक किसिमको खेल खेल्यो । संघीय परिषदको बैठकले अनुमोदन गर्नुपर्ने संसदीय दलको नेता महन्थलाई घोषणा गर्न लगाएर राजेन्द्र महतो आफैँ मच्चिदा पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले विरोध जनाएको सरकारसँग फाइदा पनि लिएकै छ । पछिल्लो पटक नागरिकता अध्यादेश जारी भएकै छ । जसपाले प्रधानमन्त्री केपी ओलीलाई साथ दिने स्थिति बन्दा यादव फुट्दैछन् । पहिलो संसद विघटन गर्दा जसपा सरकारविरुद्धमा लड्यो । तर, मधेसका मुद्दाहरु फिर्ता लिने, १२० बन्दी रिहा गर्ने, झुठा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता लिने सरकारको आश्वासनबाट महन्थ ठाकुर राजेन्द्र महतो मोहित भए । काम केही भएका पनि छन् । पार्टी विभाजनको स्थितिबाट जोगिन सांसदलाई खुला छोड्दा ठाकुर पक्ष दूतावास र बालुवाटार र भक्तपुर रिर्सोटमा रमाउन सफल भए । सांसद किनबेच भएर विकृत राजनीति चलाएका कांग्रेस र एमाले मात्र होइन मधेसका राजेन्द्र र महन्थ पनि परिचित छन् । पहिला शरदसिंह, महन्थ कांग्रेस थिए । सत्ताको साँचो हामी भन्ने राप्रपाले खोभारी रायदेखि कमल थापाजस्ता मुसा पनि पालेकै थियो । अहिले मुसा प्रवृत्तिको रूपमा महन्थ र राजेन्द्र महतो छन् । उनीहरुले भक्तपुर रिर्सोटमा पु¥याए र भारतीय दूतावास र बालुवाटार चाहेर र अल्पमतको ओली सरकारलाई सत्ताको शिखर दिएको गुण ठूलो छ ।
सरकारमा कानुनतः सांसद नभएको मान्छे ६ महिनाभन्दा बढी मन्त्री बन्न पाउँदैन माओवादीले सांसद पद नै खारेज गरिदियो प्रधानमन्त्रीका सात जना मध्ये २ जना गत फागुनमा विस्तार भएको मन्त्रिपरिषदमा प्रवेश पाएका हुन् । अब ओली सरकारले गर्ने एउटा काम बाँकी छ । त्यो काम पूरा गर्न महन्थले सुरु गरेका छन् । संसदीय दलको विधान बनेको छैन । ठाकुरले राजेन्द्र महतोलाई नै दलको नेता बनाइ दिएका थिए । तर, पार्टीको राष्ट्रिय परिषदको बैठक नबस्दै, केन्द्रीय केन्द्रीय समितिको बैठक बसेको खबर छैन । तर, दलको नेता राजेन्द्र महतो नै भएका थिए । जसरी नेकपामा ओलीले गरेका एकलौटी कामका निर्णय सबैले स्वीकार्नु पथ्र्यो । त्यही ताल त्यही गतिमा महन्थ कुदेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादवको लेखो छैन । यादव पनि १७ जना सांसदका धनाढ्य थिए । प्रदेश २ को सारमा उनकै टीमका मुख्यमन्त्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *