सडक विभागमा विचौलिया र भ्रष्टाचारीको मनोमानी

Uncategorized

सडक विभागमा विचौलिया र भ्रष्टाचारीको मनोमानी
काठमाडौं । बेला–बेलामा चर्चामा आउने गरेको छ ठेक्का लगाएको काम बेलामा सम्पन्न भएन र भएको काम पनि गुणस्तरहीन भयो । हुन पनि यस्तो आरोप किन नलागोस् ठेकेदार कम्पनी र आयोजना प्रमुखका कारण नै ठेक्का विवादमा पर्ने गरेको छ । ठेक्का लगाउँदा आयोजना प्रमुखले ठेकेदार कम्पनीलाई कम मूल्य बराबरको अर्थात् घटि–घटाउको ठेक्का लगाउने व्यवस्था छ । जुनसुकै ठेकेदार कम्पनीले टेण्डर हाल्दा कम मूल्यमा टेण्डर राख्ने चलन गरेका छन् । ठेक्का पनि कम मूल्यमा हाल्ने, कार्याल प्रमुखदेखि सबै मिलेर आफन्तलाई ठेक्का पारिदिन्छन । यसरी पारिएको ठेक्कामा ठेकेदारले कसरी राम्रो र गुणस्तरीय काम गर्न सक्छन् ? किनकी मूल्य कम र सामान महँगो भएपछि ठेकेदारले ठेक्का सम्पन्न गर्न सक्दैन । अधिकांश ठेकेदारले सरकारी टेण्डर वा सरकारी ठेक्काको काम आधा पैसा पेश्की स्वरुप लिएर अलपत्र छाड्ने गरेको छ । खासगरी सडक विभागका ठूला–ठूला सरकारी आयोजनामा पेश्की लिएपछि अन्यत्र खर्च गर्ने परिपाटी चल्दै आएको छ । व्यवसायीले यसरी बाँकी काम गर्दै सरकारी पैसा असुल्दै आएका छन् । कतिपय ठेकेदारले भन्दा पनि बालुवा, गिटी, रोडा बेच्ने व्यापारीले ठेक्का लिने र हात परेपछि काम नगर्ने गर्दै आएका छन् । नेपालमा एउटा उखान छ ‘गए साहुको आए बाउको’ जस्तै काम ठेकेदारबाट हुने गरेको छ । ठेकेदारले अधिकांश जिल्लाका नेता तथा आयोजना प्रमुखसँग पहँुच पु¥याएका हुन्छन् । निर्माण व्यवसारीले पनि राजनीतिक दलका नेतादेखि मन्त्रीसम्ममा पहुँच पु¥याउने काम गर्दै आएका छन् । ठेकेदारसँग लिमेर अकिकांश सांसदले आफ्नो जिल्ला भेगमा पर्ने कामको योजनादेखि विकास निर्माणको सम्मको काम सांसद, मन्त्रीले आफूनिकटका ठेकेदारलाई जिम्मा दिने गरेका छन् । बदलामा ठेकेदारले पनि मन्त्री, सांसदलाई चुनाव खर्चदेखि खान्ते–पिन्तेसम्मको जिम्मा लिने गरेका छन् । यसकारण लागेको ठेक्का बेलामा सम्पन्न नहुने र गुणस्तरहीन सामान प्रयोग भएपछि निर्माण भएका सडकदेखि पुलसम्म जोखिम अवस्थामा रहेका छन् । निर्माण भएका पुल, पुलेसा, कलभर्डदेखि अन्य काम अलपत्र पर्ने गरेका छन् । यसरी अलपत्र भएको निर्माण सम्बन्धी कामको अनुगमन कुनै पनि निकायले गरेको छैन । यदि अनुगमन भए पनि भागशान्ति गरिखाने गरेका छन् । अहिले भौतिक यातायात मन्त्रालयअन्तर्गत सडक विभाग र पुल आयोजना शाखादेखि अन्य शाखाबाट ठेक्कामार्फत गरिएको काम गुणस्तरहीन भएकाले सडक विभागमा लामो समयसम्म डिजी टिक्न दिइँदैन । किनकी सडक विभागमा डिजी बन्नको लागि ५ देखि १० करोडसम्म खर्च गरिएको हुन्छ । ठेकेदार कम्पनीहरूले आफूले भने बमोजिम कामको ठेक्का सडक विभागका महानिर्देशकले नगरी दिएमा सडक विभागको महानिर्देशकसमेत फेरबदल गर्ने गरेका छन् । हाल सडक विभागमा अर्जुनजंग थापा महानिर्देशक रहेका छन् । योभन्दा पहिला केशव शर्मालाई तीन वर्ष पनि टिक्न दिएनन् । हालका डिजी थापा ५ करोडमा डिजी बनेको हल्ला सडक विभागतिर सुन्न पाइन्छ । केशव शर्मा फालिएसँगै थापाले भौतिक र सडकको बारेमा खासै राम्रो काम गरेका छै्रनन् । उनी अहिले सरुवा, बढुँवामा लागेको समाचार आएको छ । आरोप पनि लागिरहेको छ ।
हुन पनि थापा रुखो स्वभाव भएका व्यक्ति हुन् । डिजीको सरुवा एउटा प्रवृत्ति हो । डिजी भएपछि उनले सरुवा गर्ने प्रक्रिया भएको केही ठेकेदारले बताउने गरको छन् । विचारा ५ करोड उठाउनु छ सरुवा नगरे के गर्ने । आगामी भदौ महिनामा को कहाँ पुग्छन् हेर्न बाँकी छ । आगामी भदौ, असोजमा सरुवा गर्ने बेला हो । पहिला एउटाको सरकार थियो, एउटाको सरकार हुँदा त्यही सरकारले नियुक्ती गरेको महानिर्देशक केशव शर्मालाई हटाएर थापालाई ल्याइएको हो, अहिले सरकार पनि फेरिएको छ । यसमा पनि गठबन्धन सरकार बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कुन पार्टीको भागका रहने हो, यसपछि थाहा हुन्छ । सडक विभागको डिजी फेर्ने तर, डिजी फेरिए पनि ऐन कानुन फेरिँदैन उही अनुहार मात्र फेरिन्छ । कसले कति खर्च गर्छ त्यही सडक विभागको महानिर्देशक बन्छ भन्ने चर्चा पनि चल्छ । एकदम भुक्तभोगीको अनुभवमा हुन पनि यस्तै व्यापार भएको छ । सडक विभागमा केपी ओली सरकारले गोपाल सिग्देललाई हटाएर रविन्द्र श्रेष्ठलाई डिजी बनाएको थियो । त्यतिखेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ थिए । उनले जुली महतोलाई प्रयोग गरी ठूलो मात्रामा पैसा असुलेका थिए । पछि विवाद आएपछि मन्त्रीबाट हटाएको थियो । त्यसपछि वसन्त नेम्वाङ भौतिक मन्त्री बनेपछि सडक विभागमा केशव शर्माको आगमन भयो । त्यसपछि केही राम्रो काम गरेर विमस्टेकदेखि काठमाडौंका खाल्डाखुल्डी पुरिएका थिए भने केही सडकको राम्रो काम हुँदै थियो । बीचमा सडक विभागका विचौलियाले अर्जुन थापालाई ल्याएका छन् । तर, काम भने शून्य रहेको एक व्यक्तिले तामाकोशीलाई गुनासो गर्दै थिए । अब त के काम गर्नु आर्थिक वर्ष पनि सकियो अबको आर्थिक वर्षमा के हुन्छ को बन्छ डिजी भन्दै थिए उनी । आखिर जोसुकै सरकारमा आए पनि खाली भ्रष्टाचारभन्दा अन्य काम हुने भएन । नेपालमा वामपन्थीको सरकार बन्दासमेत देशले मुहार फेरेन अब त गठबन्धन सरकार त जुनबेला जसलाई मनपर्दैन उसले समर्थन फिर्ता लिन्छ, अनि कसरी हुन्छ विकास । खाली भ्रष्टाचार र विचौलिया हाबी हुने विकासको काम शून्य हुने अवस्था छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *