हटेन यातायात क्षेत्रको सिण्डिकेट यात्रुलाई जताततै पिडैपीडा

लेख

काठमाडौं । ‘काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ’ भन्ने एउटा नेपाली उखान अहिले यातायात क्षेत्रमा चरितार्थ भएको छ । यातायात क्षेत्रमा सरकारले सिण्डिकेट हटाएको भनेर दाबी गरे पनि यातायात क्षेत्र यसबाट मुक्त हुन सकेको छैन । यात्रुलाई सेवा दिनेभन्दा पनि दुःख दिएर हैरान पार्ने गरेका छन् । यातायात व्यवसायीले मनलाग्दी भाडा असुल्ने, महँगो लिने, यात्रु कोचाकोच हाल्ने गरेर यात्रुहरूलाई पशुसरहको व्यवहार गर्दै आइएको छ । यात्रुलाई यसरी कोच्दा पाकेटमारदेखि लागुऔषध दुव्र्यसनमा परेकाको चंगुलमा पर्ने गरेको र महिला यात्रुहरूलाई त दुव्र्यवहारका कारण सार्वजनिक यातायात चढ्नै सकस पर्ने गरेको छ । कतिपय यात्रुको पाकेटरमारले मोबाइल चोर्ने, महत्वपूर्ण सामानहरू चोर्ने, महिलामाथि अभद्र व्यवहार गर्ने गरेको पाइन्छ ।
यातायात व्यवसायीहरूले यसमा ध्यान दिएका छैनन् । भाडा पनि महँगो असुली गर्ने गरेका छन् । समयको दुरूपयोग गर्दै आएका छन् । जसले गाडी सञ्चालन गरेको छ, त्यही व्यक्तिहरू नै यातायात समितिको कार्यकारी पदमा बस्ने गरेकाले यातायात सञ्चालकहरूको दादागिरी र सिण्डिकेट चल्ने गरेको हो । यातायात चलाउँदा यात्रुलाई भन्दा आफूलाई कसरी फाइदा पुग्छ भन्नेतिर ध्यान दिएको पाइन्छ । यात्रुले चढ्ने बेलामा जता पायो त्यतै रोक्ने र ओराल्ने बेलामा चाहिँ जक्सनमा पु¥याउने काम गरिरहेका छन् । यात्रुले लागेको भाडा तिरेर पनि सजिलो र हलुकासित यात्रा गर्न पाएका छैनन् । यसको अनुगमन यातायात विभागले गरेको छैन । काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुर, कलंकी, थानकोट, चावहिल, गौशाला, कोटेश्वर, दक्षिणकाली, टोखा, चिसापानी, चाँगुनारायण, नुवाकोट साँखु, चितपोल हुँदै नगरकोट, चन्द्रागिरी, काँडाघारी चल्ने हाइस गाडी, माइक्रोबस अनामनगरदेखि कोटेश्वर, बानेश्वर, लगनखेल चावहिल, सीतापाइला चल्ने सफा ट्याम्पो जस्ताले एकछत्र राज गरिराखेका छन् । सरकारले पुरानो र सानो गाडी हटाउने योजना ल्याएपछि अहिलेसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन । यातायात क्षेत्रमा अहिलेसम्म सिन्डिकेट लागू भएको छ । यस्तै उपत्यकाबाहिर चल्ने गाडीवालाले समेत सिन्डिकेट तोडेका छैनन् । पुराना मोडलका गाडीले त्यत्तिकै धुँवा फालेको छ । यसको अनुगमन यातायात विभागले गरेको छैन । ट्राफिक प्रहरीले यात्रुलाई दुःख दिएको अवस्था छ । किनकी ट्राफिकले यात्रुलाई दुःख दिनसम्म दिएको छ । पहिला पुरानो बसपार्क बनाउन लागेको पनि ४–५ वर्ष भएको छ । यो अहिलेसम्म सम्पन्न भएको छैन । पुरानो बसपार्क हटेपछि यात्रुले दुःख पाएका छन् । यात्रुले गाडी चढ्न धेरै सास्ती खेप्नुपरेको छ । कलंकी, कीर्तिपुर, थानकोट, दहचोक, साँगा, चन्द्रागिरीजस्तो ठाउँको लागि गाडी चढ्न सेतो गेट जानुपर्ने छ भने भक्तपुर ठिमी चढ्ने यात्रु सुन्धारामा बस्नुपर्ने अवस्था छ । यस्तै काँडाघारी, खहरे, मुलपानी चल्ने गाडीको लागि रत्नपार्क जानुपर्ने भएको छ । यस्तै बनेपा, धुलिखेल जाने गाडी चढ्न वीर हस्पिटल अगाडि बस्नुपर्ने भएको छ । यस्तै सफा ट्याम्पु सिनामंगल, चावहिल, अनामनगर, सीतापाइला, बसुन्धारा चल्ने ट्याम्पु महांकाल मन्दिर अगाडि जानुपर्ने भएको छ । यस्तै, ललितपुरको गाडी चढ्न भने रत्नपार्क जानुपरेको छ ।
आरएनएसीबाट गोंगबु, टोखा, नारायणथान, तारकेश्वर, चिसापानी, लैनचौर, बालाजु बसपार्क जानको लागि आरएनएसी जानुपर्ने अवस्था छ । यसरी यात्रुले गाडी चढ्न सास्ती खेप्नुपरेको छ । सास्तीसँगै यात्रुले पाकेटरमारदेखि मोबाइल चोरहरूको बिगबिगीले सताएको छ । यसको अनुगमन न यातायात विभागले गरेको छ, न ट्राफिक प्रहरीले ध्यान दिएको छ । खाली यात्रुले दुःख पाएका छन् । खासगरी दुःख पाउने यात्रु चाहिँ वृद्धवद्धा महिला, पुरुष तथा बिरामीहरू रहेका छन् । कतिपय यात्रुले गाडी चढेपछि आफ्नो भएको पैसा र मोबाइल चोरी भएपछि यात्रु महानुभाव भावुक भएर गाडीमा बेहोस हुने अवस्था हुँदासम्म यातायात चालक र सहचालकले ध्यान दिएको अवस्था छैन । अहिले सफा ट्याम्पु काठमाडौंभरि चलेका छन् । सफा ट्याम्पुले अत्याधिक भाडा बढाएका छन् । यसको अनुगमन गर्ने पनि कुनै निकाय छैन । उल्टो यात्रुले मेरो पर्स हरायो, चोरी भयो अथवा पाकेट मारियोभन्दा पैसा नबोकी गाडी चढ्ने अनि बहाना पार्ने भन्दै तथानाम गाली गरेर बुढाबुढी अवस्थामा भएका यात्रुलाई बीच बाटोमै छाड्ने काम भएको छ । यस्तो कार्य गर्ने व्यक्तिलाई सजाय दिने कारबाही गर्ने निकाय नै छैन । खाली यात्रुलाई पशु जसरी गाडीमा कोचाकोच गर्ने परम्परा चल्ने गरेको छ । यस्तै सफा ट्याम्पु ब्याट्रीबाट चार्ज गरेपछि चल्ने गरेको छ । बिजुलीको भाउ बढेको छैन, सफा ट्याम्पोले यात्रुलाई ठगेका छन् । यातायातको भाडा अधिकांश बढेको छ । यसको लागि कुनै पनि निकायले नियन्त्रण गर्न सकेको छैन । सफा ट्याम्पु र निलो माइक्रो हटाउने भने पनि १० वर्ष म्याद थपेको छ । सफा ट्याम्पो र निलो माइक्रो हटाएर ल्याउने योजना भए पनि लागू भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *