गुप्तचरले पाएन ठूलो दरबन्दी

समाचार

काठमाडौं । नेपाल प्रहरीले २३ महिना बित्दा नबित्दै तीन एआइजी पाएको छ । तर, सशस्त्रले भने एआइजी पाउन सकेको छैन । सशस्त्रमा डिआइजी बढुवा भयो, लेखाले डिएसपी पायो । प्रहरी र सशस्त्रले पद थप्न आन्तरिक सर्वेक्षण गराए । तर, गुप्तचरले भने समयको चापमा एआइजी दरबन्दी थप गर्न पाएन । गुप्तचरमा राजनीतिक दबदबा अझै छ । पहिला चुरोटको बट्टामा नेताले तोक लगाएर जागिर खाने ठाउँ गुप्तचर, खेलकुद र अन्य संस्थानहरू थिए । नेपाली कांग्रेस र नेकपा एमालेले राम्रै प्रयोग गरेका यी संस्थाहरूमा माओवादीले स्थान पाउन सकेन । गृहमन्त्री हुँदा बनाउन सकेन ।
गुप्तचरका एआइजी यादव रेग्मी तीन महिनापछि अवकाशमा जाँदैछन् । उनको स्थानमा पुग्न हैसियत नभएकाहरू हतारिएका छन् । तीमध्येका तीन जना त गुप्तचरको काउसो बन्न थालेका छन् । पहुँचको भरमा एसपी बनेका भूमि पाठकजस्ताको त्यहाँ कुनै क्षमता योग्यता छैन भनिन्छ । गुप्तचरले खटाएको ठाउँमा नजाने चलाख डिआइजी हुतराज थापासँगै टेकेन्द्र कार्की, हरिहर पौडेल, कुलदेव थापा र ओम जोशी एआइजी हुने दौडमा छन् । तर, सशस्त्रले पनि एआइजीको दरबन्दी थप गर्न पाएन भने गुप्तचरले कसरी पाउँछ ? यदि सत्ताको आडमा ओम जोशीलाई एआइजी बनाइयो भने गुप्तचर मात्र पत्रिकाको कटिङ बटुलेर सूचना संकलन गर्ने काउन्सिलर हुन पुग्ने पूर्वप्रमुखहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *