कमाएपछि सरकारबाट भाग्यो मसाल

समाचार

काठमाडौं । वामगठबन्धन बिना नेकपा मसालले कुनै जिल्ला निर्वाचन क्षेत्रमा विजय गर्ने अवस्था छैन । वामपन्थी एक ठाउँमा आएका बेला मसालले मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल सांसद भइन् । मोहनविक्रमको स्वार्थ पनि यही थियो । दुर्गा बाहेकका पुराना महिला पनि थिए । सिंह र मामाबीचको सम्बन्धले पहिला भारतीय मजदुरले दिएको चन्दाले घर किन्दा परलमूल्य भन्दा बढी पैसा खन्याएकै थिए । अहिले गोविन्द सिंह थापा मसालबाट बाहिरिएकै छन् ।
थापालाई पत्रिका पार्टीलाई दिएन भनेर कारबाही गरिएको हो । जबकि थापाले पार्टी बद्नाम गरेर हाँकबाट फलिफाप केही लिएका थिएनन् । तर, मोहन विक्रमलाई सनक चढेपछि थापाको टोली नै कारबाहीमा प¥यो । अहिले मसालले फाइदा लियो र गठबन्धन छोड्यो । राष्ट्रियसभामा चार वर्षका लागि लुम्बिनी प्रदेशबाट मसालले एक सांसद जिताएको र एमसिसीको नाउँमा गठबन्धन त्यागेको छ ।
एमालेलाई कम्युनिस्ट नै होइन भनी मोहनविक्रमले श्रीमतीलाई चुनाव जिताउन एमालेलाई ठीक ठानेपछि अवसरवादी बनेको आरोप लागेको छ । माओवादीको साथबिना दुर्गा पौडेल सांसद बन्ने अवस्था छैन । अबको चुनावमा मसाललाई न त एमालले बोक्छ, न त माओवादीले बोक्छ । मसालले दाबी गर्ने प्युठान र बाग्लुङमा नेकपा समाजवादीको साथ मागेर हुँदैन । मसालले स्वार्थ यहाँ देखायो, जहाँ अबका दिनमा संघीय संसदमा मसालको एकजना पनि सांसद बन्ने हैसियतका व्यक्ति छैनन् । गण्डकी र लुम्बिनीमा एकजना सांसद पद जित्ने वातावरण छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *