‘सबैको जीवन खीरजस्तै मिठासपूर्ण रहोस्’:प्रधानमन्त्री ओली

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साउन १५ अर्थात खीर खाने दिनको अवसरमा सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको उल्लेख गरेका छन् ।

उनले,‘आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ। जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ !सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *