दुई मन्त्रालयले पाउन सकेन अहिलेसम्म मन्त्री

समाचार

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली एक्लैले ६० प्रतिशत स्थानइय तहमा चुनाव जित्ने घोषणा गर्दै गर्दा सत्तारुढ गठबन्धनले भने लोसपालाई सरकारमा सहभागी गराउन खोज्दैछ । देउवा सरकारले नेतृत्व गरेको ९ महिनामै बजार महंगी र कालोबजारी, बिचौलियाको हालीमुहाली छ । यस्ता व्यापारीलाई कारबाही गर्न सकेको छैन र आपूर्ति मन्त्रालय खाली छ । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पराजित भएपछि डा.मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएपछि त्यो पनि खाली छ । तर तराईको अवस्था र औकात हेर्ने होइन, ठूलो मन्त्रालय खोज्ने हो भन्ने कुरा महन्त र राजेन्द्रहरुले देखाएका छन् ।
वर्तमान सरकारमा बसेर काम गर्न नसकेका पात्रहरु उमा रेग्मी, रामकुमारी झाँक्री हुन् । उमाले आफ्नै छोराछोरी बुहारीलाई जागिर लगाएर फाइदा गरेकी छिन् । झाँक्रीले चाहिंदो नचाहिंदो प्रचार गरेर चर्चा कमाइन । घुस उठाउनकै लागि पहिले आँफैले सरुवा गरेको सचिवलाई फेरी शहरी विकासमा ल्याएर रमिता देखाउने काम रामकुमारी झाँक्रीले गरेपछि सर्वत्र बजारमा आलोचित भएकी छन् ।
लोसपाले ४ वटा मन्त्री मागेको छ । २ मन्त्रालय मन्त्रीविहीन बनाएर रक्षामन्त्री कांग्रेसले कसलाई दिन्छ ? त्यही मन्त्रालयको बद्नाम गर्ने सेनाको फाइलमा घुस माग्ने नेता चर्चित भएकै हुन् ।
मधेसको मााग नागरिकता मकै बाँडेझैं बाँड्नुपर्नेछ । नेपालीले नागरिकता नपाउने तर बिहारी बोलाएर नागरिकता वितरण गर्ने महन्थ र राजेन्द्रले चुनाव जित्नैपर्ने बाटो खोज्न देउवा तयार नहोला भन्न सकिँदैन । किन कांग्रेसका सभापति देउवालाई भ्रष्टाचार बढाउन र सुरक्षा फौजमा हस्तक्षेप गर्ने अधिकार छ ? नेपाली कांग्रेसले भगिनी संगठन बनाएको प्रहरी संगठन र तरुण दल, नेविसंघले काम गर्छ कि अबको मन्त्रिमण्डल जम्बो बनाएर एमालेको केपी ओली माथि खनिनु गठबन्धनको लागि सहज छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *