एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट, प्रतिभा र रेस्मा समावेश

Uncategorized

काठमाण्डौं । चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ ।

संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आर।बी।बी।– एन।भी।ए। राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग–०७९ बाट उक्त खेलाडी छनोट गरेको हो ।

यसअघि गरेको उच्च प्रदर्शनलाई आधार मान्दै एशियन गेम्सका लागि महिला भलिबललाई पनि एसियन गेम्समा समाविष्ट गर्ने निर्णय भएको छ । पहिलो चरणमा छनोट हुन सफल खेलाडीहरूमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगति नाथ, सरस्वती जैशी, कामना विष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ्ग, निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रिमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेस्मा भण्डारी, हिरा के।सी।, उषा विष्ट, मनिष खाण रहेका छन् ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल ९उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग०, प्रज्वल बहादुर सिंह ९मुख्य प्रशिक्षक०, जगदिश भट्ट ९प्रशिक्षक० र भरत यादव ९प्रशिक्षक० सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।

नेपाली टिम
प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगति नाथ, सरस्वती जैशी, कामना विष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ्ग, निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रिमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेस्मा भण्डारी, हिरा के।सी।, उषा विष्ट, मनिषा खाण

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *