सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

राजनीति समाचार स्थानीय तह

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी हुनुभएको हो ।

यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो । एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित हुनुभएको हो । उहाँले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा कांग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२१ मतान्तरले पराजित गर्नुभएको हो । चौधरीले ६ हजार ६०५ तथा थरुनीले पाँच हजार ९८४ मत ल्याउनुभएको छ । पाँच वडा रहेको यस गाउँपालिकामा तीनमा कांग्रेस र दुईमा एमाले विजयी भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नं। १, ४ र ५ मा कांग्रेस तथा वडा नं २ र ३ मा एमाले विजयी भएको छ । तेइस हजार ९५९ मतदाता रहेको यस गाउँपालिकामा १८ हजार ७५४ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *