कालापानी, लिपुलेक र लिम्पियाधुराको चुनाव के भयो ?

राजनीति समाचार

काठमाडौं । दुई साताअगाडि सम्पन्न भएको स्थानीय तह निर्वाचनको लगभग सबै परिणाम आइसकेको छ । तर, अहिलेसम्म दुई वर्षं अगाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुदूरपश्चिमको विकट पहाडी जिल्ला दार्चुलास्थित कालापानी्, लिपुलेक र लिम्पियाधुरा सम्मिलित गरेर नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको थियो ।

र, केपी शर्मा ओलीले नेतृत्वको गरेको तत्कालीन सरकारले सार्वजनिक गरेको नेपालको यो चुच्चे नक्सालाई संसद्ले सर्वसम्मतिबाट अनुमोदन पनि गरेको थियो । तर, गत वैशाख तीस गते भारतीय सुरक्षाकर्मीले आफ्नो कब्जामा लिएको दार्चुलाका यी तीन स्थान लिपुलेक, लिम्पियाधुरा र कालापानीमा स्थानीय निर्वाचन सम्पन्न भयो कि भएन भन्ने समाचार अहिलेसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको छैन ।

र, यी तीन स्थानमा पनि निर्वाचन आयोगले गत वैशाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएको भए कुन–कुन दलले प्रतिस्पर्धा गरेका थिए । र, परिणाम के आयो भन्ने सम्बन्धमा निर्वाचन आयोगले अहिलेसम्म केही बोलेको छैन भने यी जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनित्व गर्ने योद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका दिलेन्द्रप्रसाद बढूले पनि केही बताएका छैनन् ।

उता हरेक राष्ट्रिय मुद्दामा आपूmलाई तीन कदम अगाडि राखेर प्रतिक्रिया व्यक्त गर्ने नेकपा एमालेका सांसद तथा प्रभावशाली नेता भनेर चिनिने भीम रावेलले पनि यो मुद्दामा पटक्कै मुख खोलेका छैनन् । कही महिना अगाडि जनसंख्या संकलन गर्न गएका नेपाल सरकार कर्मचारीहरु यो क्षत्रमा प्रवेशै नगरी फर्किए जस्तै अहिलेपनि स्थनीय निर्वाचन गर्न नसकेर आपूmले जारी गरेको चुच्चे नक्सामै सरकार रहमाइराखेको त छैन ? भन्ने प्रश्न यति खेर जताततै उठ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *