स्वतन्त्र उम्मेदवारले दिएको सन्देश

समाचार

रामचन्द्र
७५३ वटा स्थानीय तहमा नै जनताका मतबाट चुनिएर विभिन्न नगर, उपमहानगर नगर, महनगरको मेयर, उपमेयर यसै गरी विभिन्न गाउँ पालिकाको अध्यक्ष, उपाध्यक्ष वडा अध्यक्ष र सदस्य गरी लगभग पैतिस हजार जनप्रतिधि गत वैसाख ३० गते सम्पन्न भएको निर्वाचनबाट चुनिएका छन् र उनीहरुले उत्साहको साथ पदभार पनि ग्रहण गरी सकेका छन । पदभार सपथ ग्रहणको क्रममा नै कतिपय जनप्रतिनिधिले जनतासंग प्रत्येक्ष सरोकार राख्ने समस्यालाई तत्काल समाधान गर्ने बचन पनि दिएका छन् । ०७४ सालमा पनि यसै गरी जनताले आफ्ना प्रतिनिधि चयन गरेका थिए । तर पहिलो पटक जनताको मतबाट चुनिएका र हालै पाच बर्षे कार्यकाल पुरा गरेका अधिकाशं जनप्रतिनिधिले जनतालाई निराश पारेका थिए । यही कारणले गर्दा नै दोहो¥याएर पार्टी उम्मेदवारको टिकट हात लगाउन सफल भए पनि विजय भने हात लगाउन असफल भएका छन् । यसैगरी यिनै जनप्रतिनिधिको काम कै कारण संघीयता नैै बदनाम भएर कतिपयले त संघीयता नै असफल भएको टिप्पणी गर्दै संघीयता नै खारेज गर्नु पर्छ भन्ने सम्मको विचार समेत ब्यक्त गरेका छन् ।
गत जेठ २ गते पाच बर्षे कार्यकाल पुरा गरेका जनप्रतिनिघिको यो बदमासी अर्थात कमजोरीवाट शिक्षा लिएर अगाडी बढ्नु हालै निवार्चात भएर जिम्मेवारी सम्हालेका जनप्रतिनिधिको पहिलो पाठ भएको देखिन्छ । तर नवनिर्वाचित जनप्रतिनिधिले कति शाक्षा लिन्छन् भन्ने चाही आफनो ठाउमा छ । तर यो पटक निर्वाचित जन प्रतिनिधिले जनभावना अनुसार काम गरेनन भने र मोजमस्ती र कमाउने तिरलाग्ने हो भने एकातिर काठमाण्डौ महानगरसंगै जनकपुर, धरान र धनगढी उपमहानगरको मेयरको निर्वाचन परिणाम र अर्को तिर दोहो¥याएर उम्मेदवार भएका अधिकाशं व्यक्तिको हालत हेर्दा हुन्छ । यसबाहेक निवृतमान जनप्रतिनिधिको ईतिहास दोहो¥याउने हो भने सम्बन्धित पार्टी र संघीयता माथि पर्ने निश्चित छ । त्यसकारण नवनिर्वाचित जनप्रतिनिधिको यो कार्यकाल संघर्सबाट प्राप्तसंघीयताको परीक्षण काल पनि हो ।
सम्पन्न स्थानीय निर्वाचनमा काठमाण्डौ, जनकपुर,धनगढी तथा धरान जस्ता शिक्षित र सचेत नगरका मतदाताले प्रजातन्त्रका लागि लामो समय संघर्स गरेका दलका उम्मेदवारलाई रध्दीको टोकरीमा फाली दिएर स्वतन्त्र उम्मेदवारलाई विजयी बनाएका छन् । दलका तर्फबाट विजयी भएका नेताले आफुले टेकेकोजमिन विर्सिएर हावामा नाच्न थाल्दा र भ्रष्टचारलाई सहीदको सपना बनाउदा यो हालत भएको हो । यसबाहेक राजनीतिक दलका शीर्ष नेताको कार्यशैलीले पनि काठमाण्डौ धरान, धनगढी जस्ता शहरमा काग्रेंस एमाले जस्ता पार्टीका हेभीवैट उम्मेदवारलाई घोडा चढ्दै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । त्यसकारण वलेन्द्र्र, गोपाल, मनोज र हर्कको विजयबाट सबैले नसियत लिनु पर्ने र चतावनी मान्नु पर्ने भएको छ । किनभने स्पतन्त्र हैसियतमा उम्मेदवारी दिएका यी ब्यक्तिहरुलाई जनताले उनीहरुको घाषणापत्र मन परेर अथवा उनीहरुलाई राम्रो देखेर ठूलो मत अन्तरले जिताउन मत दिएका होईनन। राजनीतिक दल रनिर्वाचित भएर पदमा पुगेका राजनीतिक कार्यकर्ताको ब्याबहार प्रतिको आक्रोश स्वरुप उनीहरुलाई जिताएका हुन । यो सत्यलाई बुझेर स्वतन्त्र हैसियतले मेयरमा निर्वाचित भएका यी व्यक्तिहरुले जिम्मेवारी सम्हाले एकातिर उनीहरुको प्रतिष्ठा बढ्ने छ भने अर्को तिर संघीयताले पनि बदनामीबाट बचेर सस्थागत हुने बाटो तिरलाग्ने छ । किनभने राजधानी जस्तो काठमाडौ लगायतका धरान, जनकपुर, धनगढी जस्ता सचेत नगरदलका उम्मेदवारलाई पाखा लगाउदै स्वतन्त्र उम्मेदवारलाई जनताले जिताएको कारण नै दलहरुको ब्याबहार हो । यही कारणले गर्दा स्वतन्त्र हैसियतबाट मेयरमा निर्वाचित भएका ब्यक्तिमा एकातिर जनताले आफुसँग राखेको अपेक्षा पुरा गर्नु पर्ने जिम्मेवारी छ भने अर्कोतिर संघीयतालाई बदनाम हुनबाट जोगाउनु पनि छ ।
नेपाल बाहेकका सबै जसो संघीय मुलुकमा तीन तहको सरकार हुदैन । केन्द्र र प्रदेशमा दुई तहको सरकार हुन्छ भने स्थानीय तह जनताको दैनिक जीवनमा आई पर्ने समस्या स्थानीय तहका विकास निर्माणसँग सरोकार राख्दछ । यही कारणले गर्दा स्थानीयतहको गठन दलीय पहिचानको आधारमा हुदैन । तर पश्चिमाले प्रयाग गर्ने नियत राखेर नेपालमा स्थानीय तहको गठन पनि दलीय पहिचानको आधारमा गरियो । तर अहिले यो प्रयोग गलत रहेछ भन्ने निष्कर्ष पुगे पछी आफुलाई संघीयताको विशेषमान्ने खिमलाल देवकोटाले समेत स्थानीय तहको निर्वाचन निर्दलीय आधारमा हुनुपर्छ भन्न थालेका छन । यो अवस्थामा स्वतन्त्र हैसियतबाट मेयर निर्वाचित भएका व्यक्तिको जिम्मेवारी थप बढन जान्छ । काठमाण्डौ, धरान, धनगढी र पाखरा नगर मेयरको निर्वाचन परिणामले राजनीतिक दल र नेताको अहंकारले यो स्थिति आएको विश्लेषण धेरैको छ । यसकारण पनि स्वतन्त्र हैसियतले उम्मेदवारी दिएर निवाचित भएका यी ब्यक्तिमा ऐतिहासिक जिम्मेवारी थपिएको छ । पाच वर्ष अगाडी सम्पन्न भएको स्थानीय निर्वाचनमा काठमाडौबासीले ठूलो उत्साहका साथ मेयरका विद्यासुन्दर शाक्यलाई मेयरमा निवाचित गरेका थिए । मेयर शाक्यले आफुलाई मेयरमा जिताउने काठमाण्डौबासीको टाउकोमा तातोपानी खन्याउने काम गरे । यसैको परिणाम काठमाण्डौमा मेयरको ताज स्वतन्त्र उम्मेदवार बालेन साहको घाँटीको शोभा बढाउन पुगेको छ ।
केही समय अगाडीबाट संघीयताका सम्बन्धमा नागरिक समाजमा बहश सुरु भएको थियो र संघीयताका पक्षधरहरुले आफनो पक्षमा राख्ने ठोस तर्क नपाए पछी संघीयताका पक्षधरलाई प्रतिगमनको पक्षपातीको बिल्ला लगाई दिएर आफनो बचाउ गर्ने गरेका थिए । यही क्रममा आएको स्थानीय निवाचनमा काठमाण्डौ महानगर लगायतका धरान, धनगढी रजनकपुर उपनगरमा दलका बलिया उम्मेदवारलाई तीन चीत खुवाउदै स्वतन्त्र उम्मेदवार विजयी हुनुलाई अर्थपूण र महत्वपूर्ण मान्नु पर्दछ ।
यस सम्बन्धमा माओवादी अध्यक्ष प्रचण्डले काठमाडौं महानगरमा बलेन्द्र र धरान उपमहानगरपालिकामा हर्कको विजयलाई गणतन्त्रको फुलको थुंगा भनेर प्रशंसा गरेका छन् । तर माओवादी अध्यक्ष प्रचण्डले पनि धरान, जनकपुर, धनगढी उपमहानगरपालिकामा र काठमाडौं महानगरपालिकामा स्वतन्त्रले विजय प्राप्त गरेको राजनीतिक दल र नेताहरुको गलत क्रियाकलापको परिणाम हो भनेर सार्वजनिक रुपमा स्वीकार गर्न सकेका छैनन् । यो स्थितिले अझै पनि तीन उपमहानगर र काठमाडौं महानगरका जनताले व्यक्त गरेको अभिमतलाई सम्मान गरेर अगाडि बढ्ने संकेत गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *