काँठे लोकदोहोरीमा चर्चा कमाएकी गायिका कल्पना दाहालले कसिन् लगन गाँठो

कला-साहित्य मनोरञ्जन समाचार

काठमाडौं । लोकदोहोरी चर्चित गायिका कल्पना दाहालले सुटुक्क ‘कोर्ट म्यारिज गरेकी छन् ।

उनको मंगलबार काठमाडौं जिल्ला अदालतमा अदालती बिहे भएको हो । गायिका दाहालका थुप्रै लोकदोहोरी गीतहरूले बजारमा चर्चा कमाएका छन् ।

एक विश्वसनीय स्रोतका अनुसार दाहालले सोमबार अदालतमा बिहे दर्ता गरेर मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएको जनाएको छ ।

उनले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे विवाह दर्ताको प्रमाणपत्र पाएकी स्रोले जनाएको छ ।

परिवारका सिमित सदस्य मात्र उनीहरुको विवाहमा साक्षीका रुपमा गएका थिए । विवाह दर्ताको प्रमाणपत्र लिएपछि बेहुला बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतार हतार बाहिरिएका थिए । तर गायिका दाहालले सञ्चार माध्यहरुलाई आफ्नो बिहे नभएको दाबी गरेकी गरेकी छिन् ।

गायिकाले आफ्नो बिहे सार्वजनिक नगरेपनि जिल्ला अदालत काठमाडौंको स्रोतले भने दाहालको बिहे भएको पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *