काठमाडौं । नेपालमा एकताका हाइड्रोपावर सञ्चालन गर्नेहरुको ठूलो भीड लागेको थियो । त्यतिबेला हाइड्रोपावर सञ्चालन गर्न चाहनेहरुले देशैभरका खोलानाला र जग्गाजमीन कब्जा गरेका थिए । त्यतिबेलाका हाइड्रोपावर सञ्चालनहरुले खोलानाला जग्गाजमीन मात्रै कब्जा गरेका थिएनन् प्रभावित क्षेत्रका सर्वसाधारणलाई सेयर हाल्न लगाएर ठूलो मात्रामा पैसा संकलन समेत गरेका थिए । साउने च्याउसरी खोलिएका हाइड्रोपावर कम्पनीहरुले प्रभावित क्षेत्रका जनतासँगै अन्य सर्वसाधारणलाई पनि सेयर हाल्न लगाएर पैसा बटुलेका थिए ।
त्यतिबेला हाइड्रोपावरको लहर ल्याएर सेयर आह्वान गरेका अधिकांश कम्पनीहरु विभिन्न प्राकृतिक प्रकोपका कारण लथालिङ्ग अवस्थामा गुज्रिइरहेका छन् । सञ्चालनमा आएका अधिकांश हाइड्रोपावर कम्पनीहरु पनि घाटा बेहोरिरहेका छन् । हाइड्रोपावर कम्पनीहरु घाटामा गएपछि सेयर हाल्नेहरु पूपुरोमा हात लगाएर बस्न वाध्य भएका छन् । त्यसको गतिलो उदाहरण लिन सकिन्छ चिलिमे हाइड्रोपावर कम्पनीलाई । एकताका चिलिमे हाइड्रोपावर कम्पनी नाफामा गएर सेयरको मूल्य अकासिएको थियो । कम्पनीका सञ्चालक, कर्मचारी र राजनीतिक पार्टीको दबदबाह बढेपछि चिलिमे हाइड्रोपावर कम्पनीको अवस्था दिनप्रतिदिन खस्किँदै गएको छ । त्यसको ज्वलन्त उदाहरण महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ ।
चिलिमे जलविद्युत आयोजना २०५२ साल कात्तिक १४ गते स्थापना भएको थियो । सो कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रहेको थियो । कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत, कर्मचारीको २५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका स्थानीय जनताको १० प्रतिशत र सर्वसाधारणको १४ प्रतिशत सेयर स्वामित्व रहेको छ । रसुवा जिल्लामा रहेको २२.१ मेगावाट जलविद्युत उत्पादन क्षमताको यो कम्पनीमा ६ जना व्यवस्थापक, २८ जना अधिकृत, ७२ जना सहायक गरी १०६ जना कर्मचारी रहेका छन् ।
कम्पनीको २०७९÷८० मा सेयर पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार, जगेडा कोष तथा सञ्चित नाफा ३ अर्ब २५ करोड २० लाख २३ हजार, चालु पुँजी १५ करोड ८७ लाख ७० हजार र गैरचालु दायित्व पुँजी ३८ करोड ६४ लाख ६५ हजारसमेत पुँजी तथा दायित्व ११ अर्ब ५ करोड ५४ लाख ३७ हजार रहेको छ । स्थिर सम्पत्ति १ अर्ब ७१ करोड ५२ लाख २२ हजार, लगानी ६ अर्ब ५ करोड २९ लाख ४६ हजार चालु सम्पक्ति २ अर्ब ३४ करोड २७ लाख ३ हजार, निर्माणाधिन सम्पक्ति ३४ करोड ११ लाख ५२ हजार, लगानी सहायक कम्पनीमा ६० करोड ३४ लाख १४ हजार समेत गरी रु ११ अरब ५ करोड ५४ लाख ३७ हजार सम्पक्ति रहेको छ ।
गत वर्ष ७४ करोड ६७ लाख ६ हजार नाफा रहेका देखाइएको छ । यो वर्ष ६४ करोड २७ लाख ५१ हजार नाफा छ भने रु ३ अरब २५ करोड २० लाख २३ हजार पुगेको छ । कम्पनी व्यक्तिगततर्फको सञ्चालक २०७९÷८० मा सञ्चालन आम्दानी रु १ अरब १२ करोड ८७ लाख ४३ हजार ब्याज आम्दानी गरेर २४ करोड ७२ लाख ९३ हजार अन्य आम्दानी रु ६३ लाख ९७ हजार समेत कुल आम्दानी १अर्ब ३८ करोड २३ लाख रहेको छ । प्रत्येक्ष खर्च २६ करोड २ लाख ८३ हजार खर्च भएको छ । कर्मचारी खर्च ६ करोड ४९ लाख ९९ हजार भएको छ भने सञ्चालक तथा प्रशासनिक खर्च रु ३ करोड ३४ लाख १६ हजार भएको छ । मुल्य तथा सम्पक्ति बिक्रिको नोक्सानी ९ करोड ३१ लाख ३८ हजार जम्मा गरी रु ४५ करोड १८ लाख २६ हजार रहेको छ । कम्पनीको कर पुर्वको नाफा ९३ करोड ५ लाख ६ हजार रहेकोमा कर्मचारी बोनस १ करोड ८६ लाख १० हजार रहेको छ । चालु बर्षको कर २० करोड ७७ लाख ८१ हजार र स्थगन गरिएको कर ५ करोड ४८ लाख ७२ हजार रहेको छ ।
संस्थागत र सामाजिक उत्तरदायित्वमा ६४ लाख ९२ हजार व्यवस्था गरिएको छ । कम्पनीले आफ्नो ५ सहयाक कम्पनी चिलिमे इन्जिनियरिङ, भोटेकोशी, रसूवागढी, सान्जेल र चिलिमे सेतीसमेत गरेर ६ अर्ब ५ करोड २९ लाख ४६ हजार सेयर लगानी गरेको छ । त्यसैगरी ४ सहायक कम्पनी बुढीगण्डकी, चुम्चेत बुढीगण्डकी, प्रोक चुम्चेत स्यारखोला, सेती नदि समेत गरी २७० मेगाको जलविद्युत उत्पादन गर्न गर्त बर्ष ३० करोड २६ लाख ७८ हजार ऋण लगानी गरेकोमा यो वर्ष ६० करोड ३४ लाख १४ हजार पुगेको छ । सम्पूर्ण आयोजना निर्माण चरणमा रहेकोले लगानीबाट हालसम्म प्रतिफल प्राप्त हुन सकेको छैन ।
विगतका प्रतिवेदनहरुमा वार्षिक कार्यक्रम अनुसार प्रगति हासिल नभएको अनुदानको अुनगमन नभएको, समयमा निर्माण सम्पन्न नभएको, निर्माण सामाग्री खरिद गरेको, ठेक्का व्यवस्थापनमा सुधार नगरेको लगायतका मन्त्रालयको मातहतमा समेत गरी ८० निकायमा १ खर्ब १० करोड ६१ लाख ४९ हजार बेरुजु देखाइएको छ । प्राविधिक प्रतिवेदन अुनसार ८ करोड ९४ लाख ७४ फस्योत गरेकोले १ अर्ब १ करोड ६६ लाख ७५ हजार बाँकी रहेको छ । सो मध्ये म्याद नाघेको पेस्की १ करोड ८४ लाख ८ हजार रहेको छ । संगठित संस्था समिति समेत गरी २ निकायमा यो वर्ष १ अर्ब १५ करोड ३० लाख ५२ हजार बेरुजु प्रारम्भिक प्रतिवेदनमा देखाइएको छ । ११ करोड ७४ लाख फस्योत गरेकाले १ अर्ब ३ करोड ५६ लाख ५२ हजार बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।