नेप्सेद्वारा ३ कम्पनीको बोनस शेयर सूचीकृत

अर्थ/वाणिज्य कर्पोरेट बैंक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जेष्ठ १६ गते सोमबारदेखि जेष्ठ २० गते शुक्रबारसम्म नेप्सेमा विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

प्रुडियन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको गरी कूल ३२ लाख ५६ हजार ४३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

१. प्रुडियन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको ७ लाख ७५ हजार ९८२।५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७७८ को नाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०।३६८ प्रतिशत नगद गरी कूल ७।३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको २२ लाख ८२ हजार ४५०।६१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०।७९ प्रतिशत नगद गरी कूल १५।७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस शेयर बापतको १ लाख ९८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १।५७८९ प्रतिशत नगद गरी कूल ३१।५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *