जसपासँग एकता गर्न लोसपाले राख्यो यस्तो सर्त

राजनीति समाचार

काठमाडौं । सम्पन्न स्थानीय तह निर्वाचनमा लज्जास्पद हार खाएपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले गम्भीर आत्म समिक्षा थालेको छ । यस पार्टीले विचार मिल्ने शक्तिहरुसँग एकता तथा गठबन्धन गर्ने प्रयास समेत गरेको छ ।

हालै प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर अध्यक्ष ठाकुरले लोकतान्त्रि शक्तिहरुबीच गठबन्धन गर्नु पर्ने प्रस्ताव राखेका छन् । उनले सरकारमा सहभागिताको इच्छासमेत देखाए पछि देउवाले दुइ मन्त्रालय र उपसभामुख दिन तयार रहेको समाचार बाहिरिएको छ । यद्यपी लोसपाका नेताहरुले भने पार्टी तत्काल सरकारमा सहभागी नहुने अभिव्यक्ति दिएका छन् ।
लोसपाका एक नेताका अनुसार वार्ता र संवादलाई क्रियाशिल बनाए पनि पार्टी तत्काल सरकारमा जाने कसरतमा छैन । मन मिल्ने शक्तिसँग एकता वा चुनावी तालमेलका लागि गठबन्धन बनाउने वातावरणको खोजीसम्म गरिएको छ ।

लोसुपाले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताको प्रयास गरेको बुझिएको छ । पार्टीको कार्यकारिणी बैठकमै जसपासँग पुन एकता गरेर जानु पर्ने आवाज उठेको बताइएको छ । यदि जसपाले हालको सत्ता गठबनधनबाट बाहिरिने निर्णय लिएको भने लोसपाले एकताको ढोका खुल्ला गर्ने ती नेताको भनाइ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *