टेलिभिजन कार्यक्रम गाली खाँदै केशव

Uncategorized

काठमाडौं । पार्टीको नेताले आफ्नो क्षमता र दक्षता आफ्नै लागि घात भएपछि समाजले पत्याउन कठिन हुन्छ । जब मान्छे समाजमा विश्वास योग्य हुँदैन, त्यो बेला पार्टीको जुनसुकै नेतृत्व पाए पनि त्यस्ता नेतालाई कठै कसैले भन्दैन । क्षमता र योग्यताले पद पाउनु र चाकडी चाप्लुसीले कुर्सी पाउनु फरक हो । अहिले यस्तै अवस्था एमालेमा आएको छ । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडाल चिनिएका छन् । काभ्रे जिल्लाका स्थायी बासिन्दा बडाललाई नेकपा एमालेले पटक पटक जिम्मेवारी दिँदै आएको छ ।
काभ्रेका लोकप्रिय नेता कृष्णप्रसाद सापकोटा एमाले विभाजनपछि नेकपा एसमा लागे । अध्यक्ष केपी ओलीको भजन गाएर चुनावमा संसदको टिकट पाएका बास्कोटाले खेदेर हैरान पारेको कारण जिविस महासंघ चलाएका सापकोटाले कित्ता फेरेको कुरा पत्तै पाएन । केशव त्यसैले केपी ओलीलाई प्रभु मानेर अनुशासन भनेको के हो ? जिम्मेवारी नेताले कति अनुशासन मान्ने हो ? कानून सबैलाई लाग्छ कि लाग्दैन ख्याल गरेका छैनन । टेलिभिजनका कार्यक्रममा बोल्न बोलाउनासाथ बडाल हामफालेर हिँड्ने गरेका छन् । केशवको कुदाईमा आफुँसँग बोल्ने मान्छे र विषय महत्वमा पर्दैन । त्यही कारण बडालले अर्थविद् डा.दीपेन्द्रबहादुर क्षेत्रीको भनाई त खाए खाए कांग्र्रेसका मोहन बस्नेतले मीन विश्वकर्माजस्ता नेताको समेत भनाई खाएको प्राइम टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखिएको छ ।
बडालले देशको कृषि व्यवसाय सहकारी आन्दोलनको बारेमा बोल्न सक्थे । तर आर्थिक विषयमा डा.दीपेन्द्र क्षेत्री र मीन विश्वकर्मासँग तर्क गर्न सक्ने हैसियत राख्दैनन् । मोहन बस्नेत भनेका त राजनीतिभन्दा पनि डन हुन् । तर केशव चुपचाप बस्नु प¥यो । बडालजस्तो मान्छेले एमालेको हैसियत बचाउन सक्दैनन् भने प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा सहभागी किन हुने भन्ने तर्क छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *