अभिनेता राजेश हमाल चुनाव लड्ने तयारीमा  

कला-साहित्य समाचार

काठमाडौं ।  नेपाली चलचित्र उद्योगका स्थापित कलाकार राजेश हमाल चुनाव लड्ने तयारीमा ब्यस्त छन् ।

यस अघि हमालको पार्टी प्रवेशका चर्चा हुने र  विलाउने गरेका थिए आज  फेरी उनले आफू राजनीतिमा लाग्ने तयारी गरेको खबर मनोरञ्जन बृत्तमा चर्चामा आएको छ ।

अभिनेता हमालले काठमाडौँ वा काभ्रेमध्ये एकठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा सुरु गर्ने तयारी गरेका छन्। उनले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने संज्ञा दिएका छन्।

उनी स्वतन्त्र रुपमा राजनीतिमा आउने अथवा कुनै पार्टीको उम्मेदवार बन्ने भन्ने दोधार भएका छन् । हिजो मात्रै राजनीति गर्ने भन्दै सञ्चारकर्म छोडेर  ग्यालेक्सी फोर के टेलिभिजनबाट राजीनामा दिएका रवि लामिछानेले हमाललाई सँगै लिएर हिँड्न खोजेको खबर बाहिरीएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *