जसपाले पनि आफ्ना पार्टीका मन्त्री फिर्ता बोलाउने निर्णय

राजनीति समाचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फूटको संघारमा पुगेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका नेताहरुमाथि कारवाही गर्ने र हाल सरकारमा भएका सबे मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि यो पार्टी फूटको संघारमा पुगेको हो ।

पछिल्लो समय पानी बाराबारको अवस्थामा पुगेका अध्यक्ष उपन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईबीचको विवाद चरमोत्कर्षमा पुगेको छ ।

सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादव लगायतका नेताहरुमाथि कारबाही गर्ने निर्णय गरेको छ । यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।

यसका साथै जसपाको यादव पक्षले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने समेत निर्णय गरेको छ । सरकारमा सहभागी भएका चारै जना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय जसपाको यदव पक्षले गरेको हो ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रेणुकुमारी यादव, वन मन्त्रालयमा रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्रालयमा महिन्द्र राय यादव मन्त्री भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *