भूमाफियाको गिद्दे दृष्टिका कारण त्रि–चन्द्र क्याम्पसको हरिबिजोग

कर्पोरेट फिचर समाचार शिक्षा/स्वास्थ समाचार

काठमाडौं । राणा शासनको कालरात्रिमा वि.स. १९७५ मा स्थापना भएर शिक्षाको जिउँदो र गर्बिलो इतिहास बोकेको त्रि–चन्द्र क्याम्पस गणतन्त्रकालमा आएर राज्य पक्षको घोर उपेक्षाको शिकार भइरहेको छ । त्रिचन्द्र क्याम्पसको घण्टाघर परिसरको अवस्था अत्यन्तै दयनीय र खतरनाक हुँदा पनि मर्मतसम्भार गर्ने तथा पुनःनिर्माण गर्नेतिर सरकार र त्रिभुवन विश्वविद्यालयले कुनै चासो देखाएका छैनन् ।

विगतदेखि उपेक्षाको शिकार बन्दै आएको त्रिचन्द्र क्याम्पसको घण्टाघर परिसर २०७२ सालम आएको भूकम्पले लगभग तहसनसह हुने स्थितिमा पु¥याइदिएको छ । यो परिरसको अवस्थालाई पुनःनिर्माण प्राधिकरणले अत्यन्तै खतरनाक अवस्थाको मूल्यांकन गरी ‘रातो स्टिकर’ टाँसेको थियो । तर, रातो स्टिकर टाँसेको भए तापनि पुनःनिर्माण प्राधिकरणले त्रिचन्द्र क्याम्पस घण्टाघर परिसरको मर्मतसम्भारमा कुनै चासो राखेन ।

अहिले स्थान अभावका कारण यो खतरनाक परिसरमै त्रि–चन्द्र क्याम्पसका कतिपय कक्षा सञ्चालन भइरहेका छन् । भूमाफियासँग त्रिभुवन विश्वविद्यालयका उच्च अधिकारीहरुको र सरकारको सरोकारवाला निकायका अधिकारीहरुको मिलिभगत र साठगाँठका कारण पुनःनिर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको त्रि–चन्द्र क्याम्पस घण्टाघर परिसरको मर्मत नभएको हो ।

व्यापारिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको त्रि–चन्द्र क्याम्पसले ओगटेको जमीनमाथि भूमाफियाको गिद्देदृष्टि लामो समयदेखि पर्दै आएको छ । र, त्रि–चन्द्र क्याम्पसलाई अन्यत्र सारेर त्यो महत्वपूर्ण क्षेत्र कब्जा गर्ने योजना लामो समयदेखि बनेको थियो ।

यहीं क्रममा २०७२ साल वैशाख १२ गते आएको भूकम्पले त्रि–चन्द्र क्याम्पसको घण्टाघर परिसरलाई क्षतविक्षत बनाएपछि भूमाफियाको योजनामा थप बल पुगेको छ । माफिया सरकारको सरोकारवाला निकायका अधिकारी र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रि–चन्द्र क्याम्पसले ओगटेको व्यापारिक दृष्टिले मूल्यवान जग्गा व्यापारी प्रयोजनाका लागि प्रयोग गर्न दिने वातावरण बनाउनका लागि त्रिचन्द्र क्याम्पसको यो क्षेत्रको मर्मत नगरेको हो ।

सोही कारणले पुनःनिर्माण प्राधिकरणले पनि रातो स्टिर टाँसेको भएपनि त्रिचन्द्रको घण्टाघर परिसरको मर्मत नियोजित रुपमा नगरेको हो । अहिले त्रिचन्द्रका विद्यार्थीले कतिपय कक्षा यही परिसरको खतरनाक कक्षाकोठामा ज्यानको बाजी राखेर अध्ययन गरिहेका छन् ।

तर, आफैले उच्च शिक्षा अध्ययन गरेको चित्रन्द्र क्याम्पसको यो परिसर यति खतरनाक र दयनीय अवस्थामा पुग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले समेत भूमाफियाको आर्थिक प्रलोभनमा परेर मर्मरसंहार गर्नेतिर कुनै चासो देखाएका छैनन् । भूमाफियाले त्रिचन्द्र क्याम्पस ओगटेको जग्गासँगै जमलमा रहेको त्रिभुवन विश्वविद्यालयले अहिले पुस्तकालय सञ्चालन गरिरहेको त्यस्तै मूल्यावान जग्गामा समेत गिद्देदृष्टि राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *