खोंचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु

समाचार

इस्लामाबाद। पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । रावलपिण्डीबाट क्वेटातर्फ जाँदै गरेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही मिटर तल खसेको थियो ।

पुराना सवारी साधन, कमजोर सडक, चालकको लापरबाहीलगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । गत महिना बालोचिस्तानमा एउटा खोंचमा बस खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *