जातीय लफडाले १ नम्बर प्रदेशको नाम अझै टुंगो लाग्न सकेन

राजनीति समाचार

काठमाडौं । प्रदेशसभाको पाँच वर्षे कार्यकाल पुरा हुन अब महिनापनि बाँकी छैन । अहिले सञ्चालन भइराखेको वर्षे अधिवेशन प्रदेश सभाको अन्तिम सम्मेलन हो । तर, तीन पटक सरकार परिवर्तन गरेको १ नम्बर प्रदेशले यो अन्तिम अधिवेशनमा पनि प्रदेशको नाम टुंगो लगाउने स्थिति देखिएन ।

सरकारको नेतृत्व गरिराखेका एकीकृत समाजवादी र सरकारको घटक अर्को दल माओवादी केन्द्रले जातको आधारमा प्रदेशको नाम राख्नुपर्छ भन्ने अडान लिँदै यो १ नम्बर प्रदेशको नाम किराँत प्रदेश हुनुपर्ने अडान लिएपछि र प्रमुख प्रतिपक्ष नेकपा एमालेले भौगोलिक आधारमा प्रदेशको नाम कोशी हुुनुपर्छ भन्ने अडानका कारण यो प्रदेशको नामाकरण हुन सकेको छैन ।

संसद्ले आफ्नो पाँच वर्षे कार्यकालमा प्रदेश टुंगो लगाउने सम्भावना पनि देखिएको छैन । सरकारको प्रमुख घटक नेपाली कांग्रेसले भने यो मामिलामा दोहोरो भूमिका निर्वाह गरिराखेको छ । र, आफ्नो स्पष्ट दृष्टिकोण अहिलेसम्म सार्वजनिक गरेको पनि छैन ।

संविधान अनुसार प्रदेशको नाम टुंगो लगाउन प्रदेश सभाको दुई तिहाई मतले समर्थन गर्नुपर्दछ । ९० स्थान भएको १ नम्बर प्रदेशमा एमाका तर्पmबाट ३९ जना माओवादी केन्द्रको तर्पmबाट २१ जना, सरकारको नेतृत्व गरिराखेको एकीकृत समाजवादीको तर्पmबाट १० जना यसैगरी नेपाली तर्पmबाट २१ जना सरकारको अर्को घटक जनता समाजवादीको तीन जना, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक पार्टीको तर्पmबाट १÷१ जना सांसद रहेका छन् ।

प्रतिपक्षमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एकपा एमालेले जस्तै प्रदेश नाम जातीय पहिचानको आधारमा नभएर भौगोलिक पहिचानको आधारमा हुनुपर्छ भन्ने पक्षमा उभिएको छ । यसभन्दा अगाडि यो प्रदेश नाम खम्बुवान, लिम्बुवान जस्ता जातीय पहिचानको आधारमा हुनुपर्छ भन्ने प्रस्ताव माओवादी केन्द्रले राखेको थियो ।

प्रदेशको नाम जातीय पहिचानको आधारमा हुनुपर्ने अडान सरकारको नेतृत्व गरिराखेको एकीकृत समाजवादी र माओवादी केन्द्रले राखेपछि यो प्रदेश सभाले प्रदेशको नाम टुंगोलगाउने सम्भावना लगभग समाप्त भएको छ ।
१ नम्बर प्रदेशबाहेकका बाँकी प्रदेशहरुले आफ्नो प्रदेशको नाम र राजधानीको टुंगो लगाइसकेका छन् ।

तर, एक नम्बर प्रदेश सभा भने सरकार गठन र विघटनमा मात्रै लाग्दै आएको छ । यसैमेसोमा एमालेका नेता शेरधन राईको नेतृत्वमा एक १ प्रदेशमा सरकार गठन भएको थियो भने त्यसपछि एमालेकै सांसद भीम आचार्यको नेतृत्वमा अर्को सरकार गठन भएको थियो ।

अहिले एकीकृत समाजवादीका नेता शेरधन राइको नेतृत्वमा गठबन्धन सरकार बनिराखेको छ । तर, चार दलको गठबन्धन सरकारले प्रदेशको नाम टुंगो लगाउने सम्भावना भने देखिएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *