प्रतिनिधि सभाको बैठक बस्दै

राजनीति समाचार

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्दै छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ। आजको संसद् बैठकका लागि सम्भावित कार्यक्रम पनि सार्वजनिक गरिएको छ।

जसअनुसार ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा छलफल जारी रहनेछ। यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *