काठमाडौं महानगरपालिकाले योग शिविर एक ठाउँमा पाँच दिनसम्म सञ्चालन, प्रशिक्षण र शक्‍तिवर्द्धक औषधि निःशुल्क वितरण

विविध समाचार

काठमाडौं । शारीरिक अवस्था र रोग अनुसार योग गर्न प्रोत्साहित गर्न काठमाडौं महानगरपालिकाले योग शिविर सञ्चालन गरेको छ ।

‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत शिविर सञ्चालन गरिएको महानगरले जनाएको हो । कार्यक्रमअन्तर्गत एक ठाउँमा पाँच दिन शिविर चलाउने महानगरको स्वास्थ्य विभागले जानकारी दिएको छ । वैशाख १४ गते पहिलो शिविर काठमाडौं– १४ बाट थालिएको थियो भने दोस्रो शिविर वैशाख २१ गते काठमाडौं– १२ र काठमाडौं– १५ मा वैशाख ३० मा सम्पन्न भएको थियो ।गत सोमबार धरहरामा परिसरमा सुरु भएको शिविर शुक्रबार सकिएको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

अबको शिविर काठमाडौं– ३१ र २३ मा आयोजना हुने महानगरले जानकारी दिएको छ ।शिविरको अन्तिम दिन (पाँचौं) दिन रक्तचाप र मधुमेहको परीक्षण गरेर निःशुल्क शक्‍तिवर्द्धक औषधि प्रदान गर्ने गरिएको छ ।यसरी प्रदान गरिने औषधिहरू त्रिफला चूर्ण, अश्वगन्धा, च्यवनप्रास, आमलकी, महानारायण तेललगायत छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *