नेसपाको गङ्गानारायण श्रेष्ठ समूहले जेठ १२ मा एकता घोषणा, सिंगो पार्टी माओवादी केन्द्रसँग एकतामा जाने

राजनीति समाचार

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को गङ्गानारायण श्रेष्ठ समूहले मात्र नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ ।

पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह माओवादीमा समाहित हुन लागेको हो । २०८० साल चैत ३ गते महिन्द्र सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । तर प्रचण्डले कोष्टमा रहेको माओवादी हटाउन सहमत नभएकाले तत्काल एकता प्रक्रियामा सहमत हुन नसक्ने महासचिव रमेशप्रसाद यादवले बताएका छन्

यसबारे निर्णय लिन सह–अध्यक्ष श्रेष्ठ समूहले जेठ ११ गते विस्तारित बैठक बोलाएका हुन् । केन्द्रीय समितिको बहुमतले पार्टी एकताको निर्णय गर्ने र सिंगो पार्टी माओवादी केन्द्रसँग एकतामा जाने उनले बताएका छन् ।

श्रेष्ठका अनुसार दुई पार्टीबीच १२ गते एकता घोषणा गर्ने तय भएको छ । पूर्व–पश्चिम मध्यपहाडी मार्ग केन्द्रित अभियान अन्तर्गत जेठ १० गतेसम्मको कार्यक्रम सम्पन्न गरेर माओवादी टोली जेठ ११ गते काठमाडौं आउँदै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *