सिद्विचरण नगरपालिकाले १९ परिवारलाई प्रतिघर तीन बन्डलको दरले ५७ बन्डल जस्तापाता सहयोग

समाचार

काठमाडौं । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले १९ जना विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ ।

सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त नगरपालिका बनाउने अभियानअन्तर्गत घर छाउन बिहीबार जस्तापाता प्रदान गरेको हो ।

आगलागी र मनसुनजन्य जोखिमबाट नगरवासीलाई मुक्त गराउन जस्तापाता वितरणको अभियान सञ्चालन गरिएको नगरपालिकाले बताएको छ । अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी गराइएको छ ।

नगरपालिका अनुसार चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नगरिकलाई टिनको छानो फेर्न रु १५ लाख वजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु १२ लाख ८५ हजार ६६२ मा ८८ बन्डल जस्तापाता खरिद गरेर १९ परिवारलाई वितरण गरिएको थियो । प्रतिघर तीन बन्डलको दरले ५७ बन्डल जस्तापाता उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *